काठमाडौं । नेपाल सितोरियो कराँते संघले आफ्नो हरेक गतिविधि चुस्त, दुरुस्त, पारदर्शीसहित प्रत्येक सितोरियो कराँतेकर्मीबीच संघको सबै अफिसियल कार्यक्रम प्रत्यक्ष जानकारी गराउने उद्देश्यले स्पोर्ट डाटा बेस र वेबसाइट सोमबारदेखि सञ्चालनमा ल्याएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले उक्त स्पोर्ट डाटा बेस र वेबसाइटको औपचारिक एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य-सचिव घिसिङले स्पोर्ट डाटा सञ्चालनपछि सितोरियो कराँतेकर्मीले आफ्ना सबै डाटाहरू सहजै हेर्न सकिने भएको हुँदा उक्त कार्यको प्रशंसा गर्नुभयो । सदस्य–सचिव घिसिङले अन्य संघले पनि यस्तो कार्यको थालनी गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल सितोरियो कराँते संघका अध्यक्ष दावा गुरुङले आगामी दिनमा स्पोर्ट डाटा सञ्चालनले सितोरियो कराँते मातहतमा रहेका देशभरिका डोजो÷क्लब÷विद्यालयका खेलाडी, प्रशिक्षकसहित सम्पूर्ण सितोरियो कराँतेकर्मीको डाटा संकलन गरिने बताउँदै डाटा बेसले सबै खेलाडीहरूले आफ्नो प्रमाणपत्र र आफूले प्राप्त गरेका उपलब्धिहरू सक्कली हो वा होइन भनेर सजिलै हेर्न तथा जानकारी लिन सकिने बताउनुभयो ।
नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले संसारको सूचना प्रविधिले फड्को मारिरहेको सन्दर्भमा यस डाटा बेस सञ्चालनले सितोरियो कराँतेलाई व्यवस्थित र सुदृढ गराउनमा विशेष भूमिका निर्वाह गर्ने धारणा व्यक्त गर्नुभयो । डाटा बेस उद्घाटन समारोहमा सिनियर कराँते खेलाडी निर्मलकुमार शर्मालाई मानार्थ ५औँ डान प्रदान गरिएको थियो । पूर्वकराँते खेलाडी शर्माले निःशुल्क संघको वेबसाइट र स्पोर्ट डाटा बेस बनाइदिनुभएको हो । उहाँ प्राज्मा इन्फो टेकका निर्देशक हुनुहुन्छ ।
डाटा बेसको प्रभावकारिताबारे कराँते प्रशिक्षक कुशल श्रेष्ठ र निर्मलकुमार शर्माले जानकारी गराउनुभएको थियो । नेपाल सितोरियो कराँते संघको गत भदौमा निर्वाचन सम्पन्नपश्चात् देशैभरि दीक्षान्त कार्यक्रम सञ्चालन भई ६ वटा प्रदेशमा सम्पन्न भइसकेको र यो डाटा बेससहित वेबसाइट सञ्चालनलाई विशेष उपलब्धिका रूपमा लिएको नेपाल सितोरियो कराँते संघका प्रवक्ता गजेन्द्रबहादुर खपांगी ‘ईश्वर’ ले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच