एसियन कपबाट बाहिरियो भारत

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भारत एसियन कपबाट बाहिरिएको छ ।

मंगलबार भएको समूह ‘बी’ अन्तरगतको खेलमा सिरियासँग १–० ले पराजित हुँदै भारत प्रतियोगितबाट बाहिरिएको हो । सिरियाका लागि खेलको ७६ औं मिनेटमा ओमार ख्रिबिन गोल गरे ।

प्रतियोगितामा भारत तीन खेलमा नै पराजित भयो । तीनै खेलमा गोल गर्न नसकेको भारतको पोष्टमा विपक्षी टोलीले ६ गोल गरे ।

यस्तै समूह ‘बी’ अन्तरगतको अर्को खेलमा अष्ट्रेलिया र उज्बेकिस्तान एक एक गोलको बराबरी खेलका छन् । यो समूहबाट अष्ट्रेलियाले ३ खेलमा ७ अंकसहित नकआउटमा प्रवेश गरेको छ । त्यस्तै ३ खेलमा ५ अंक जोडेको उज्वेकिस्तान दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ ।

एसियन कपमा हरेक समूहका शीर्ष दुई टोली सहित तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट ४ टोली पनि अन्तिम १६ मा पुग्ने समीकरण छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?