ओलीलाई सुधार्नु बालुवा पेलेर तेल निकाल्नुु सरह हो : घनश्याम भुसाल

हिमालय टाइम्स
Read Time = 4 mins

-चन्द्रकान्त खनाल
रुपन्देही । त्रिभुज चिन्ह लिएर रुपन्देही–१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुधार्ने प्रयास असफल भएपछि आफुले एमाले छोडेको बताउनु भएको छ ।

मंगलबार देवदहमा गठबन्धनको वडा कार्यालय उद्घाटन गर्दै भुसालले ओलीलाई सुधार्नु भनेको बालुवा पेलेर तेल निकाल्नु सरह भएको टिप्पणी गर्नुभयो ।

ओलीले देशको संविधानमा आगो लगाउन थालेपछि पाँच दलिय गठबन्धन बनेको र गठबन्धनले नै लोकतन्त्र र संविधानको रक्षा गर्ने उहाँको दावी छ । 'एमाले, राप्रपा र जसपाको गठबन्धन चुनाव जित्ने उद्देश्य बनेको हो भने हाम्रो गठबन्धन संविधानको रक्षा र विकासको लागि बनेको हो।' उहाँले भन्नुभयो, 'ओलीजीले झापा क्षेत्र नं। ५ जित्नैपर्ने भएको हुनाले उहाँले राप्रपासंग गठबन्धन गर्नुभएको हो ।'
भुसालले देवदह यस क्षेत्रको नेता पालिका भएकोले रूपन्देही–१ को विकासको नेतृत्व देवदहले गर्नुपर्ने बताउनु भयो । रोजगारी र विकास अबको एजेन्डा हुने बताउँदै उहाँले अब देवदहको प्रतिस्पर्धा बुटवल र आसपासका शहरसंग हुने र विकासमा देवदहले नयाँ फड्को मार्ने दावी गर्नुभयो । जनताको प्राथमिकताका आधारमा चौतर्फी विकास गर्न पाँच दलिय गठबन्धनलाई मतदान गर्नुपर्ने उहाँको भनाइ छ ।

त्यसैगरि बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ ९१० मा उम्मेदवारी दिनुभएका काँग्रेस नेता विश्वनाथ यादवले आफुले बोलेको कुरा व्यहारमा उल्लेख गर्ने बताउंँदै आफ्नो मुख्य प्राथमकिता अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या रहेको बताउनु भयो।
सोहि कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ ९२० का उम्मेदवार अब्दुल रज्जाकले कांग्रेस विकासप्रेमी पार्टी रहेको बताउनु भयो। संबिधान र लोकतन्त्र रक्षाका लागि बाम लोकतान्त्रिक गठबन्धन आवश्यक रहेको र बाँकी रहेको विकास निर्माणका अधुरा कार्यहरु गठबन्धन सरकारले गर्ने नेता रज्जाकको भनाई थियो।

बाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र नम्बर १ को ३३ ओटै वार्डमा वडा सम्पर्क कार्यालय स्थापना गर्ने अभियान अन्तर्गत आज देवदह, रोहिणी र तिलोत्तमा गरि ७ वटा वडामा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

रुपन्देही क्षेत्र नं. १ मा झण्डै ४ दर्जन उम्मेदवार चुनावी मैदानमा छन् भने प्रतिनिधि सभा सदस्य पदमा मात्रै २१ जनाको उम्मेदवारी परेको छ । सत्तारू गठबन्धनका घनश्याम भुसाल, एमाले नेतृत्वको एमाले, राप्रपा र जसपाको गठबन्धनला छविलाल विश्वकर्मा, स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईं निर्वाचनमा मुख्य प्रतिस्पर्धामा रहेका छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?