म्याग्दीमा यो वर्षको पहिलो हिमपात

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । हिमाली जिल्ला म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार साँझदेखि यस वर्षको पहिलो हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रमा वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएपछि हिउँदेबाली सप्रने भएकोले कृषकहरु खुसी भएका छन् ।

लामो समयसम्म वर्षा र हिमपात नहुँदा हिउँदेबाली र तरकारी खेती सुक्न लागेको थियो । जिल्लाका बेनी नगरपालिका, मंगला,मालिका, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका माथिल्लो क्षेत्रमा हिमपात भएको स्थानीयबासीले बताएका छन्

‘हल्का बर्षासँगै भएको हिमपात भएको छ,हिमपातसँगे वर्षा पनि भयो । लामो समयसम्म वर्षा र हिमपात नहुँदा खेतीबाली राम्रो नहुने भयो भनेर चिन्तित थियो,यो हिमपात र वर्षाले केही राहत भएको छ’ धवलागिरि गाउँपालिका ५ मल्काबाङका टेकबहादुर छन्त्यालले बताउनुभयो।

स्थानीयका अनुसार जिल्लाको उच्च पहाडी क्षेत्रमा बुधवार साँझदेखि हिमपात भैरहेको छ । गुर्जा, मल्कबाङ, कुइनेमंगले, लुलाङ, चिमखोला, ठाडाखानी, कुइनेखानी, नाँगी, शिख लगायतका बस्तीहरुमा हिमपात भएको छ । जिल्लाको मुख्य पर्यटकीय स्थल पुनहिल, घोडेपानी, खोप्रा, खयरलेक, मोहरेडाँडा, टोड्के, गाम्फाधुरी, भेडिओढार लगायतका ठाउँहरुमा समेत हिमपात भएको स्थानीयले बताएका छन् ।

वर्षासँगै हिमपात भए पछि चिसो भने निकै बढेको छ ।मौसममा आएको परिवर्तनसँग चिसो बढेपछि वृद्धवृद्धा र बालबालिकालाई सतर्कता अपाउन स्थानीय जनप्रतिनिधिले समेत अनुरोध गरेका छन् ।

मध्य माघ वित्नै लाग्दा समेत वर्षा र हिमपात नहुँदा खेतीपातीमा असर गरिरहेको अवस्था बुधबार सामान्य बर्षासँगैको हिमपातले हिमपात किसानले राहत महसुस गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?