म्यानमारमा सेनाको हवाइ आक्रमण: ५३ जना मारिए

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । म्यानमारमा सेनाको हवाइ आक्रमणमा परि ५३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार सैन्य ‘कू’ विरोधीहरूको केन्द्र मानिएको सहर पाजिगीमा भएको हवाइ आक्रमणमा अन्य कैयौँ घाइते भएका छन् ।

स्थानीय तथा प्रत्यक्षदर्शीहरूले यस आक्रमणलाई सैन्य कू भएयताकै घातक आक्रमण भनेका छन् । सरकारविरोधी संघर्षमा उत्रिएको विद्रोही समूहको एक प्रशासनिक कार्यालयको उद्घाटन समारोहका लागि भेला भइरहेका वेला सैन्य आक्रमण भएको हो ।

आक्रमणबारे म्यानमारको सेनाले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । म्यानमारमा सैन्य कू का नेता मिन आङ ह्विङले गत महिना आफ्नो शासनविरुद्ध लडिरहेका ‘आतंकवादीहरू’ माथि निर्णायक कारबाही गर्ने चेतावनी दिएका थिए ।

म्यानमारमा आङ सान सूचीको पार्टीको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले २०२१ फेब्रुअरी १ मा कू गरेको थियो । त्यसयता भएका विभिन्न प्रदर्शनमा हजारौँको मृत्यु हुनुका साथै हजारौँ घाइते भएका छन् भने ठूलो संख्यामा पक्राउ परेका छन् । यसबीचमा १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?