नेपालले संघीय गणतन्त्रको अवलम्बन गरेसँगै सामाजिक सद्भाव र बन्धुत्वको भावनामा न्यूनीकरण देखापर्दै गयो । सीप, योग्यता, क्षमता र परिश्रमको अवमूल्ययन हुँदै गयो । आवश्यक क्षमता चाहिने स्थानमा फरक क्षमतालाई पदस्थापन गर्ने संस्कार बसाइयो । पेशागत परिश्रममा विश्वास गर्नेहरूको दैनिकी दयनीय बनाइयो र उनीहरूलाई कार्यकर्ता बन्न ललकारियो । तैपनि म पार्टीको सिन्दुर र खादा लगाएर पार्टीमा आबद्ध हुन सकिन । आज म त्यसैको परिणाम भोगिरहेको छु । मैले दुई शब्द यिनका विरुद्ध लेखेँ भने जेल जानुपर्ने भएको छ । हो, म जेल गएको समाचार बजारमा आयो भने अचम्म नमान्नु ।
जेल जाँदा हात हल्लाउने र जेल छुट्दा माला खादामा सिन्दुर जात्रा गराउने मेरा कोही छैनन् । कतै कामको खोजीमा गए, कुन पार्टीको कतातिरको खोजी हुन थालेपछि म कुनै पनि स्कुल कलेजलगायत संस्थाहरूमा बिक्न सकिन । मलाई राख्नै पर्ने भएमा यो/त्यो पार्टीको सदस्यता लिदिनुपर्छ भन्ने शर्त मैले मानिदिनुपर्ने भयो । यी सबै मैले मान्दा, मैले भए गरेका सबै अपराध क्षम्य हुने, नत्र मैले महिला हेरे हिंसा, छोए करणी, बाटोमा हिँडे आन्दोलनकारी, राति हिँडे चोर, पुलिसले जेल लगे लामो जेल सजायँ भोग्नुपर्ने अवस्था आएको छ ।
हालको समाजमा राजनीतिक धार विचार निर्माणकर्ताहरू (बुद्धिजीवी, सामाजिक अगुवा, पत्रकार आदि) पनि विभक्त भएको देखिन्छ । उनीहरूले आफ्नो राजनीतिक आस्था अनुकूलकै धारणा सम्पे्रषण गरिरहेका छन् । नेपालको उच्च शिक्षा अहिले गन्तव्यहीन बाटोमा छ ।
आज न मानिस, समाज, सामाजिक संरचनाहरू, मानिसका दैनिकीहरू, शिक्षा स्वास्थ्य, व्यापार, न त वाणिज्य केही पनि स्वस्थपूर्वक चल्न सकेनन् । जताततै निराशा नै निराशा अभिव्यक्त भइरहेको सुनिन्छ । आमसञ्चारका माध्यममा पनि बिग्रियो, भत्कियो, सकियो जस्ता शब्दहरूको प्रयोग बढ्दै जान थाल्यो । जसका कारण सत्यता पनि शंकाको घेरामा पर्न गयो ।
थाहा छैन राज्यले आशा जगाउन नसकेको हो कि मानिसहरू बढी महत्वाकांक्षी भएर हो ? मुलुकमा अहिले डर र त्रासको आभास भइरहेको छ । देशको राजनीतिक दल ठीक भएन कि ? राजनीतिक नेतृत्व ? यात मानिसको मति ठीक भएन ? यसका वास्तविक कारण राज्य पक्ष खोज्न पनि चाहँदैन र समाधान गर्न पनि तदारुकता देखाउँदैन । तर, मूल प्रवाहका राजनीतिक दलहरू देशमा सबै ठीकठाक नै रहको मानिरहेका छन् । मूलधारमा बसेर जनतालाई वास्तविकता बताइदिने कोही भएन । कुनै पनि दल मूलधारमा बसून् पनि किन ? कोही कसैले राजनीतिक बहिष्करणमा परिन्छ कि भन्ने डरले जोखिम मोल्न चाहिरहेका छैनन् । मोलोस् पनि किन ? जोखिम मोल्नेहरूको हविगत पछिल्लो समय उनीहरूले आफ्नै आँखाले देखिरहेका छन् ।
हालको समाजमा राजनीतिक धार विचार निर्माणकर्ता (बुद्धिजीवी, सामाजिक अगुवा, पत्रकार आदि) विभक्त भएको देखिन्छ । उनीहरूले आफ्नो राजनीतिक आस्था अनुकूलकै धारणा सम्पे्रषण गरिरहेका छन् । नेपालको उच्च शिक्षा अहिले गन्तव्यहीन बाटोमा छ । पहिले जहाँ उच्च शिक्षा थियो, त्यहाँ एउटै बाटो थियो र दिशा निर्देशित थियो तर अहिले उच्च शिक्षालाई केन्द्रमा पारेर वरपर बाटैबाटा बने । शैक्षिक ज्ञान र विवेकले अवसरलाई चियाइरहेको हुन्छ । प्राप्त अवसरहरू खेर फाल्दै जाँदा नेपालको उच्च शिक्षा हाल तीव्र रूपमा संकटोन्मुख छ । संकटका बाछिटाहरूले हाम्रा उच्च शैक्षिक संस्थाहरूलाई घायल र न्यून बनाउँदै लगेका छन् ।
आज समाज पैसामुखी बन्दै गएको छ । पैसाले सबै वस्तु तथा सेवा खरिद गर्न सकिन्छ भन्ने अभिप्रायले मानिसहरू पैसाको पछि लागे । पैसाउन्मुख आर्थिक क्रियाकलापले बजार लियो । सामाजिक सेवाभावबाट निर्देशित हुनुपर्ने राजनीतिक दल पैसामुखी बन्न पुग्यो । पढाइमा कमजोर, अनुसन्धानमूलक सोचबाट टाढा रहेकाहरू राजनीतिक आन्दोलनमा सहभागी हुँदै अगाडि बढे । दलले यिनलाई लुट्न, चोर्न र जित्नमात्र सिकायो । किसानको आदर, शिक्षकको सम्मान, राष्ट्रको जिम्मेवारी र दायित्व, बुबाआमाको संरक्षण, पालनपोषन, सार्वजनिक स्रोतमाथिको समान अधिकार जस्ता सामाजिक र नैतिक शिक्षा राजनीतिक दलको प्राथमिकतामा परेनन् ।
राजनीतिक दलले आफ्ना नेता तथा कार्यकर्तालाई काम गरिखाने प्रशिक्षण दिएनन् । वाक युद्ध गर्न, चन्दा उठाउन, लुट्न, कमिसन लिन, चोर्न, हत्या हिंसा गरेर भए पनि आफ्नो लक्ष्य पूरा गर्न राजनीतिक प्रशिक्षण गर्दै गए । मानिसको इमान, जमान र इज्जत पैसामा मापन गर्न थालियो, दैनिक पसिना बगाएर सिर्जना हुने आयभन्दा मुख बजाएर, ढाँट छल गरेर, कसैलाई शारीरिक, आर्थिक, सामाजिक क्षति पुर्याएर आय गर्नेको जमात दिनानुदिन बढ्दै गयो । दैनिक शारीरिक परिश्रम गरेर, पसिना बगाएर जीविको पार्जन गर्नेहरूको दैनिकी समाजमा खस्किँदै गयो ।
एउटा डाक्टर अस्पतालमा कुटिन्छ, एउटा कृषक खेतका गरागरामा कुटिन्छ । कृषकले उत्पादनको मूल्य पाउँदैन, बिचौलियाले उत्पादनको ठूलो हिस्सा खाइदिन्छ । त्यो बिचौलिया सरकारभित्रकै राजनीतिक दलको संरक्षणमा हुन्छ जसले किसानलाई गरागरामा मारेको रगत, पसिनाको हिस्सा त्यो नेतालाई समेत बाँड्छ ।
राजनीतिक दलमा आबद्ध नेता कार्यकर्ता मानव बेचबिखनमा आबद्ध, सुनको तस्कर, सरकारी जग्गाजमिन हडप्ने, औषधिमा कमिसन, आर्थिक कारोबार हुने हरेक निकायमा भागबण्डा, भागशान्ति, आफन्तको घुषपैठ, कुनै आयोजनाको सुरु निर्माण लागत दोब्बरभन्दा बढी बनाएर नागरिक ठग्ने प्रवृत्ति, दण्डहीनता, अपराधीको संरक्षक, मौलिकता नभएको शिक्षा नीति, धार्मिक कुव्याख्याबाट धार्मिक क्षेत्रको विनाश, मर्यादा र अनुशासनहीन नेतृत्वमा सरकार रमाइरहेको छ ।
यता लामो समयसम्म शैक्षिक सेवा गर्दै आएको एउटा शिक्षक कुनै दलमा आबद्ध नभएकै कारण उसको प्रमोसन, ग्रेड वृद्धि, अध्ययन बिदा, वैदेशिक तालिमबाट विमुख हुनुप¥यो । उसका कमजोरी र गल्तीलाई मात्र खोजियो राम्रो कामको प्रशंसा कहिल्यै पाएन । बरू उसैमाथि कालोमोसो दल्ने, जुत्ताको माला लगाउने, कुट्नेजस्ता अमानवीय व्यवहार गरियो । डाक्डर र शिक्षकले देशमा सधैं अपमान व्यहोर्नुप¥यो । हिजो गाउँमा पढ्नमा अब्बल आजको शिक्षक डाक्डरकोे जीवनस्तर दिनानुदिन दयनीय बन्दै गइरहेको छ । परिश्रम नगरी नेताको पछि लाग्ने, हातमा दुई/तीनवटा मोबाइल बोकेर ढाँट्दै, थर्काउँदै, लुट्दै हिँड्ने शैक्षिक र अनुशासनको गुण न्यून भएको व्यक्तिको जीवनस्तर उच्च बन्न पुग्यो ।
एउटा डाक्टर अस्पतालमा कुटिन्छ, एउटा कृषक खेतका गरागरामा कुटिन्छ । कृषकले उत्पादनको मूल्य पाउँदैन, बिचौलियाले उत्पादनको ठूलो हिस्सा खाइदिन्छ । त्यो बिचौलिया सरकारभित्रकै राजनीतिक दलको संरक्षणमा हुन्छ जसले किसानलाई गरागरामा मारेको रगत, पसिनाको हिस्सा त्यो नेतालाई समेत बाँड्छ । आज किसानले दूधको मूल्य, तरकारीको मूल्य, उखु किसानले उखुको मूल्य, अन्न उत्पादन गर्नेले अन्नको मूल्य पाएनन् । सबै सरकार मातहतका बिचौलियाले लुटेर लिए । दुःखले किसानको मन रोयो, खेती छोड्यो, भएको जग्गाजमिन बेचेर खाडीतिर हानियो । खाडीमा बगाएको पसिनाको हिस्सामा यिनीहरू अझै मोझमस्ती गरिरहेका छन् ।
नेपालमै रहेका संगठित संस्थामा पनि राजनीति हावी हुँदै श्रमशोषण हुन थाल्यो । संस्थाको सञ्चालक श्रमिकको ज्याला समयमा दिँदैन, श्रमिकले उसको ज्यालाको डिउ राख्नुपर्छ । श्रमिकले हरेक महिना घरको समस्या देखाएर साहुसँग ज्याला माग्नुपर्छ । ज्याला मागिरहृयो भने कामबाट निस्कनुपर्छ । यो विषयमा उसको सुनुवाइ गर्ने कुनै निकाय छैन । सुनुवाइ गर्ने निकायमा उसैका दलका कार्यकर्ता, पुलिसका जाँदा तिनै दलका भनसुनमा चलेका पुलिस, अदालत जाँदा दलका भागबण्डाका न्यायाधीश । अनि तिनका लागि न्याय खोइ ? उनीहरू मनभरि पीडा लिएर विदेशिन बाध्य बने ।
दिनमा करिब १६ सयका हाराहारीमा विदेशिन्छन् भन्ने आकडा सबैले पढेकै हौं । पछिल्ला दिनमा परिश्रम नगरी प्रतिफल लिनेहरू बढ्दै गए । उनीहरू आफू परिश्रम गर्न चाहँदैनन् र अरूले गरेको पनि सहन सक्दैनन् । यो परिस्थितिको सिर्जना राजनीतिक दलबाटै भयो । मानिसहरूमा नैराश्य बढ्न पुग्यो, यसलाई आशामा बदल्न राजनीति नै सशक्त बन्नुपर्छ । राजनीतिक इमानदारीता आजको आवश्यकता हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच