सहकारीद्वारा गुल्मी अस्पताललाई जिन्सी सहयोग

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी । गुल्मी अस्पताललाई एक सहकारीले जिन्सी सहयोग गरेको छ । जिल्लाको तम्घासस्थित स्वावलम्बन महिला बचत तथा ऋण सहकारी संस्थाले गुल्मी अस्पताललाई जिन्सी सहयोग गरेको हो ।

यस सहकारीले आफ्नो ३२ औं स्थापना दिवसको अवसरमा गुल्मी अस्पतालमा बिरामीलाई पानी पिउनका लागि ३० थान स्टिलको गिलास र चार थान जग उपलब्ध गराइएको उपाध्यक्ष कमला मरासिनीले बताउनुभयो ।

त्यस अवसरमा गुल्मी अस्पतालका सूचना अधिकारी रमेश पन्थीले सहकारीले गुल्मी अस्पताललाई गरेको सहयोगप्रति धन्यवाद दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?