तीस लाख नगदसहित हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–१० अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाई र सुनसरीको धरान उपमहानगरपालिका–११ घर भई काठमाडौं महानगरपालिका–६ नयाँबस्ती बस्ने ३० वर्षीय विश्वास राईलाई पक्राउ गरिएको छ ।

युवराजको घरम नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

साथै थप अनुसन्धान गर्ने क्रममा काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँबस्तीस्थित राईको सटरबाट नगद रु ३० लाख १८ हजार, ल्यापटप दुई थान र मोबाइल पाँच थान बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?