
काठमाडौं । बबिना भट्टराईको स्वरमा रहेको गीत ‘पिरतीको गीत’ सार्वजनिक भएको छ । हरिराम पौडेकोे शब्द रचना, बबिनाकै संगीत, सञ्जय श्रीपालको एरेञ्ज र प्रकाश खरेलको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियो बबिना भट्टराईको अफिसियल यु्ट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । म्युजिक नेपालको स्टुडियोमा रेकडिङ गरी जस्केलो क्रियशनद्वारा निर्मित गीतको भिडियोमा बबिना आफैं फिचर्ड हुनुहुन्छ ।
पछिल्लो समय निरन्तर गीत सार्वजनिक गर्दै आउनुभएकी बबिना एक दशकभन्दा लामो साधनाबाट निखारिएर नेपाली संगीत बजारमा आउनुभएको हो । उहाँले यो गीतबाट पनि दर्शकको माया पाउने अपेक्षा गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच