अष्ट्रेलिया एसियन कपको क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अष्ट्रेलिया एएफसी एसियन कपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो प्रि–क्वाटरफाइनल खेलमा इन्डोनेसियालाई ४–०ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अष्ट्रेलियालाई मार्टिन बोएल, क्रेग गुडविन र ह्यारी सुट्टारले गोल गरे । भने इन्डोनेसियाका एलकान बाग्गोटकोले आत्मघाती गोल गरे ।

खेलको ११औं मिनेटमा बाग्गोटकोले आत्मघाती गोल गरेका थिए । ४५औं मिनेटमा अष्ट्रेलिया लागि मार्टिन बोएलले हेडर मार्फत गोल गरे ।

त्यस्तै ८९औं मिनेटमा गुडविन, र इन्ज्युरी समयको पहिलो मिनेटमा सुट्टारले गोल गरेका थिए । योसँगै अष्ट्रेलिया क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । क्वाटरफाइनलमा अष्ट्रेलियाले साउदी अरेबिया र दक्षिण कोरिया बीचको खेलको विजेतासँग खेल्ने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?