भोजपुर नगरस्तरीय रनिङ शिल्डको उपाधी बिद्योदयलाई

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुर नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जिल्लामा रहेको बिद्योदय माध्यामिक बिद्यालयले जितेको छ ।

भोजपुर नगरपालिका वडा नम्वर ७ मा रहेको रंगशालामा माघ १२ गतेबाट सुरु भएको प्रतियोगिताका बिभिन्न खेलहरुबाट उत्कृष्ठ पदक सहित बिद्योदय प्रथम बन्न सफल भएको हो । खेलकुद प्रतियोगितामा विभिन्न विधामा सहभागी भई १४ स्वर्ण, ८ रजत र २ कास्य पदक सहित कुल २४ पदकका साथ बिद्योदयले पहिलो स्थान पाएको छ ।

नगरपालिका भित्रका आठ वटा माध्यामिक बिद्यालयहरुको सहभागितामा आयोजित पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भोजपुर नगरपालिका ४ मा रहेको सिद्धेश्वर माध्यामिक बिद्यालय दोश्रो र वडा नम्वर १२ मा रहेको यशोधरा माध्यामिक बिद्यालयले तेश्रो स्थान हासिल गरेको प्रतियोगिताका संयोजक शिवनाथ ठाकुरले जानकारी दिनुभयो ।

बिजेता बिद्यालयहरुलाई भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आले लगायतले शिल्ड, मेडल तथा प्रमाण पत्र बितरण गर्नुभयो ।

विद्यालयलाई प्रथम स्थानमा उभ्याउन सफल भएकोमा सम्पूर्ण सहभागी खेलाडी भाइबहिनीहरूलाई उज्वल भविष्यको कामनाका साथ हार्दिक बधाई ज्ञापन गर्दछौं।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?