विप्लवराजलाई नेशनल डिजाईनर रनवे उपाधि

Read Time = 2 mins

काठमाडौं। फेसन डिजाइनको प्रतिस्पर्धात्मक प्रतियोगिता ‘नेशनल डिजाईनर रनवे-२०२३’को शीर्ष उपाधि आईआईएफ्टी स्कूल अफ फेसन डिजाइनका विप्लवराज नाग नहरले जितेका छन् । गत वर्ष सोही स्कुलका स्यामुअल अर्कानसासले जितेका थिए ।

काठमाडौंको जमलस्थित राष्ट्रिय नाच घरमा आयोजित प्रतियोगिताको फाइनलमा विभिन्न फेशन डिजाइनरहरुले तयार पारेको पहिरनमा मोडलहरु र्याम्पमा उत्रिएका थिए । उनीहरुको प्रस्तुतीका आधारमा विजेता घोषणा गरिएको हो । नाग नहरले शीर्ष उपाधी हात पार्दा आईआईएफ्टीकै सावित्रीदेवी राई ‘फस्ट रनरअप’ र सरला डंगोल ‘सेकेण्ड रनरअप’ तथा वर्षा पन्त ‘मस्ट पपुलर’ बनेका थिए ।

उपाधी विजेताहरुलाई निर्णायक मण्डलका सदस्यहरु निशा श्रेष्ठ, रश्मी तण्डुकार, रजनी तुलाधर, सशीला वन्त, दीपक घिमिरे र आयोजक संस्था मोडल सङस् नेपालका सिइओ डेभिलसिंह राजपुतले पुरस्कृत गरेका थिए ।

रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन उक्त प्रतियोगिताको निर्देशक स्वस्ती दंगाल र कार्यक्रम निर्देशक र परमानन्द चौधरी एवम् सोमराज बास्तोलाले कार्यक्रम संयोजकको भूमिका निर्वाह गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?