भोजपुर अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा बढ्दै

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । पहाडी जिल्ला भोजपुरमा पछिल्लो समयमा सम्वन्ध बिच्छेदका घटनामा बृद्धि हुदै गएको छ ।

जिल्ला अदालत भोजपुरका स्रेस्तेदार मोहन घिमिरेले गत आर्थिक बर्षमा भोजपुरमा दुई सय ३६ वटा सम्वन्ध बिच्छेदका घटनाहरु दर्ता भएको जानकारी दिनुभयो । गत आर्थिक बर्षमा अदालतमा दर्ता भएका मुद्धा तथा पर्छ्यौटको अवस्थाका बारेमा पत्रकारहरुलाई जानकारी दिनु हुदै घिमिरेले गत आर्थिक बर्षमा दर्ता भएका मुद्धाहरु मध्ये एक सय ८३ वटा मुद्धा फर्छ्यौट भई सकेको र अव ५३ वटा मुद्दा विचाराधीन अवस्थामा रहेको बताउनुभयो ।

सम्वन्ध बिच्छेदको घटनाहरुमा करिव ७५ प्रतिशत घटनाहरु बैदेशिक रोजगारीका कारण भएको देखिएको छ । भोजपुर जिल्ला अदालतमा गत आर्थिक बर्षमा बिभिन्न प्रकृतिका पाँच सय ९९ वटा मुद्धा दर्ता भएकोमा तीन सय ७८ वटा मुद्धा फर्छ्यौट भई सकेका छन भने दुई सय २१ वटा फैसला हुन बाँकी रहेको छ ।

जिल्ला अदालतमा देवानी, सरकारवादी देवानी, सरकारी फौजदारी मुद्धा लगायतका मुद्धाहरु दर्ता छन । गत आर्थिक बर्षमा दर्ता भएर फैसला हुन बाँकी रहेका मुद्धाहरु पनि यस आर्थिक बर्षमा फैसला हुने जिल्ला अदालत भोजपुरले जनाएको छ ।

गत आर्थिक बर्षमा दर्ता भएका मुद्धाका बिवरण र फर्छ्यौटको बारेमा जानकारी दिनका लागि जिल्ला अदालतले जिल्ला न्यायाधिश मणिराम न्यौपानेको समेत उपस्थितीमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?