एकीकृत समाजवादीले नेताको उमेर हद नराख्ने, यस्ता छन् बैठकबाट पारित प्रस्ताव

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले पार्टी नेताहरुको उमेर हद नराख्ने निर्णय गरेको छ ।

सोमवार सम्पन्न पार्टीको दोस्रो केन्द्रिय परिषद् बैठकका निर्णय सुनाउँदै पार्टी उपाध्यक्ष डा.वेदुराम भुसालले यस्तो बताउनुभएको हो ।

उहाँले केन्द्रिय परिषद् बैठकमा महाधिवेशन र अधिवेशनका प्रतिनिधिहरु सम्बन्धित कमिटीले निर्धारण गरेका निर्वाचन क्षेत्रबाट निर्वाचित हुने, केन्द्रिय कमिटीको संख्या १९९ जनाको हुनेछ र केन्द्रिय कमिटीका पदाधिकारीहरुको संख्या १९ हुने प्रश्ताव गर्नुभएको थियो । सो प्रश्तावलाई परिषद्का बहुमत सदस्यहरुले पारित गरेका हुन् ।

यस्ता छन् बैठकबाट पारित भएका प्रश्तावहरुः

महाधिवेशन र अधिवेशनका प्रतिनिधिहरु सम्बन्धित कमिटीले निर्धारण गरेका निर्वाचन क्षेत्रबाट निर्वाचित हुनेछन् ।

केन्द्रिय कमिटीको संख्या १९९ जनाको हुनेछ ।

केन्द्रिय कमिटीका पदाधिकारीहरुको संख्या १९ हुनेछ ।

केन्द्रिय कमिटी भित्रको संरचना केन्द्रिय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी रहनेछ ।

केन्द्रिय निकायमा राष्ट्रिय महाधिवेशन, केन्द्रिय कमिटी, केन्द्रिय अनुशासन आयोग, केन्द्रिय लेखा परीक्षण आयोग, केन्द्रिय निर्वाचन आयोग, केन्द्रिय सल्लाहकार परिषद्, केन्द्रिय ज्येष्ठ कम्युनिष्ट मञ्च र केन्द्रिय परिषद् रहनेछन् ।

सबै कमिटीका पदाधिकारी तथा सदस्यहरु महाधिवेशन वा सम्बन्धित तहका अधिवशेनहरुबाट प्रत्यक्ष रुपमा निर्वाचित हुनेछन् ।

प्रदेश कमिटीको संख्या ७५ देखि ९९ सम्मको रहनेछ । जिल्ला धेरै भएको प्रदेशमा बढी हुने र जिल्ला थोरै भएको प्रदेशमा थोरै हुनेगरी रहनेछन् ।

प्रदेश कमिटी भित्रको पदाधिकारीको संख्या ७ जनाको हुनेछ । अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव १ र उपसचिव ३ रहनेछ ।

जिल्ला कमिटीको संख्या ५५ एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा कायम गरी एक भन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट एक महिलासहित ३ जना थप गर्नेगरी तय गरिनेछ ।

जिल्ला कमिटीका पदाधिकारीहरु सात जना हुनेछन् । अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक, उपसचिव ३ ।

पालिका कमिटीको संख्या ४५ हुनेछ । पालिकामा ५ भन्दा बढी वटा छन् भने । ५ भन्दा बढी वडा छन् भने पालिकाको प्रत्येक वडाबाट २ जना थप गर्न सकिनेछ ।

स्थानीय कमिटीका पदाधिकारीहरु पाँच जना हुनेछन् । अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव २ ।

वडा कमिटीको संख्या बढीमा ३५ जनाको हुनेछ ।

अहिलेलाई उमेर हद छैन ।

पार्टीका सबै कमिटीहरुमा समावेशिताको सिद्धान्तअनुसार युवाहरुको प्रतिनिधित्व २० प्रतिशत रहनेछ । सबै कमिटीहरु समावेशी हुनेछन् ।

प्रदेशमा आयोगहरु रहने छैनन् ।

महाधिवेशन र अधिवेशनका प्रतिनिधि छनोट सम्बन्धी विषय र स्थानीय कमिटीहरुको संख्या र पदाधिकारीको विषय यो पारित भएदेखि नै लागू हुनेछन् । यस्तै स्थानीय कमिटीको संख्या जुन तोकेका छ, त्यो संख्या र स्थानीय कमिटी भित्रको पदाधिकारीको संख्या पनि अबदेखि अधिवेशन गर्दादेखि लागू गरिने छ ।

हेर्नुहोस् प्रस्ताव

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?