काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सचिवालय टेकुमा नाडा र एसियाली विकास बैंक(एडिबी)का पदाधिकारीबीच विभिन्न विषयमा छलफल भएको छ । नाडा अध्यक्ष करण चौधरीको उपस्थितिमा भएको छलफलमा खासगरी नेपालमा अटोमोबाइल बजारको सम्भाव्यता, विद्युतीय सवारीसाधन व्यवसायमा देखिएका चुनौतीहरू र सो विषयमा पाठ्यक्रम बनाई कसरी अघि बढ्ने भन्ने विषयमा अर्को पटक छलफल गर्ने तयसमेत गरिएको नाडाले जनाएको छ ।
बैठकमा उक्त प्रोजेक्टका तर्फबाट डा. सुमित पोखरेल, चन्दन सापकोटा, रूपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति रहेको थियो । त्यसैगरी नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष पंकज अग्रवालको पनि उपस्थिति रहेको नाडाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच