स्याङजा । स्याङजा जिल्लामा लैङ्गिक हिंसा तथा सामाजिक कुरीतिविरुद्धको अभियान कार्यक्रम सम्पन्न भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा स्याङ्जाको पुतलीबजारमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीले महिलाहरु अशिक्षाको कारण हिंसाको शिकार हुने गरेको भए पनि पछिल्लो समय ठूलो परिवर्तन आएको बताउँदै नेपालको संविधान २०७२ मा महिलाको हकलाई मौलिक हकका रुपमा व्यवस्था गरिनु उपलब्धि भएको बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि तथा प्रमुख प्रशिक्षक स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारका विविध रुप र त्यसका उपचारका विषयमा सहभागीहरुलाई प्रशिक्षण दिँदै हिंसा सहनु पनि अपराध भएकाले कार्यस्थलमा यौन हिंसा भएमा कार्यालय प्रमुखलाई उजुरी गर्ने र त्यहाँ हल नभएमा प्रमुख जिल्ला अधिकारीसमक्ष उजुरी गर्न सकिने व्यवस्था विद्यमान ऐनमा गरिएको जानकारी गराउनुभयो । उहाँले महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर नबनाएसम्म घरेलु हिंसा अन्त्य गर्न कठिन रहेको बताउनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका आयोजना प्रमुख उपसचिव नीता शर्माले लैङगिक हिंसा, मानव बेचबिखन लगायतमा मन्त्रालयले गरेका प्रयासहरु, समस्या र चुनौतीहरुका सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जिल्लामा घरेलु हिंसा, सामाजिक कुरीति तथा मानव बेचबिखनको तथ्याङ्कगत स्थितिका सम्बन्धमा उल्लेख गर्नुभयो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रमुख महिला विकास अधिकृत रमा पौडेल अधिकारी, मन्त्रालय अन्तर्गत राष्ट्रपति महिला उत्थान सशक्तीकरण आयोजना प्रमुख उपसचिव नीता शर्मा, महिला विकास अधिकृत गोमा वाग्ले लगायतले बोल्नुभएको उक्त कार्यक्रममा स्याङ्जा जिल्लाका नगरपालिका र गाउँपालिकाका उपप्रमुखहरुको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच