
(माता वैरी पिता शत्रुः येन बालो नपाठितः)
ऐतिहासिक रेखाङ्न
जुन बाबुआमाले छोराछोरी पढाउँदैनन् ती सन्तानका लागि शत्रु या ज्यानमारा दुवै हुन् । प्राचीन पौरस्त्य राज्यानुशासन हो यो । मनुदेखि आरम्भ भएर आचार्य विषणुगुप्त चाणक्य र चन्द्रगुप्त मौर्यका राज्यकालसम्म आजका दक्षिणपूर्वी सानाठूला शक्तिशाली निर्वल दुवै प्रकारका राज्यमा यो अवस्था रहेको देखिन्छ प्राचीन इतिहासका ठेली पल्टाएर हेर्दा । महाभारतका लडाइँले हामी अधमरा भयौं । हाम्रो ज्ञान, बुद्धि, तर्क, दर्शन, प्रविधि, जनशक्ति सबै कुराको सर्वनास गरिदियो त्यस युद्धले । यसपछिका ५ देखि ६ साँढे हज्जार वर्षका बीचमा पनि दुई-दुईवटा विश्वयुद्धका छिर्काले दरफर्याएका टाटा आजका विश्वभरिकै मान्छेका मुखमण्डलमा देख्न सकिन्छ ।
महाभारत कालमा सामाजिक न्याय अलिकति सङ्कुचित भएर सक्ने, हुनेखाने र राजामहाराजाका मुठीको माखो भएर विद्वान् र विद्यालयहरू रहन विवश भए/बनाइएको झल्को पाण्डवकौरवका गुरु द्रोणको एकलव्यप्रतिको व्यवहारले देखाउँछ । यसैको पूर्वद्र्धचरणमा भने गुरु सान्दीपिनिका पाठशालामा यो अवस्था थिएन । यसपछि मौर्यकालमा पनि सुधारका धेरै प्रयत्न भए तर पनि शिक्षा समाजका लागि समान किसिमले प्रदान गरिन्थ्यो भन्न सकिने अवस्था थिएन । यस गुरुकुलमा बाबुआमा जेलमा भएका कृष्णबलराम अत्यन्त गरिब मगन्ते पुत्र सुदामा पनि सँगै पढ्थे र गुरुसेवा गर्थे, गुरुकुलमा कुनै प्रकारको विभेद थिएन । विधाविज्ञ गुरु थिए त्यसो भएको हुनाले नै कृष्ण र बलराम जस्ता विद्यार्थी उत्पादन भएका थिए ।
हिजो यो देश पनि राजतन्त्रमा थियो त्यो तन्त्र हटाएर प्रजातन्त्र ल्याइयो । अतः त्यसबेला समाधान सजिलो भएको थियो । आजका नेपालमा भने त्यति सजिलो छैन किनभने खराब नेतृत्वका हातमा राज्यसत्ता परेको छ ।
यसै समयमा अर्कातिर विदुर उत्पादित हुँदै थिए भने अझै अर्कातिरका गुरुकुलमा ज्ञान र बौद्धिकताका भरभराउँदा देदीप्यमान् ज्वाला उद्धव उत्पादित हुँदैथिए । अक्रुर पनि यसैबेलाका उत्पादन हुन् । कंस, जरासन्ध, चित्रवीर्य र विचित्रवीर्य, जयद्रथ, शल्य, कालयवन, शकुनि, रुक्म जस्ता असहिष्णु र म मात्रै हुँ अरू कोही होइनन् छैनन् भन्ने मान्यता राख्ने र स्त्रैण विलासी सन्तनु, चित्रवीर्य र विचित्रवीर्य अनि अति पुत्रमोही धृतराष्ट्र जस्ता राजाको उदय भएपछि सारा जम्मै मूल्यमान्यतामा ह्रास आउन थालेर महाभारतीय युद्धको वातावरण तयार भएको थियो ।
जीवनका अवसरजति दरबार केन्द्रित गरिए । ज्ञानविज्ञानको साधनाराज्यका पूर्ण अधीनमा पुर्याएर कठोर संकीर्ण शासन व्यवस्था र सनके शासकको दब्दबा चलाएर साधारण मान्छेलाई मर्नु न बाँच्नु बनाएपछि महाभारतको युद्ध भएको थियो । आज पनि नाममात्रको कागजी प्रजातन्त्र बहाल गरेर तिनटाउकेका ईच्छामा देशका जनतालाई बन्दी बनाइएको छ । अतः यी तिनजना मन्दधीका कब्जाबाट देश र जनतालाई मुक्त गरेर देशलाई आवश्यक पर्ने मानवीय शक्ति उत्पादन केन्द्रका रूपमा हाम्रा विद्यालय महाविद्यलयलाई सञ्चालन गर्न ढिलो हुन लागेको छ । यो देशका समस्या भनेका यिनै तीन मन्दमतिका टाउकेमात्रै हुन् ।
राजविद्याभन्दा चोरविद्या भारी
चोरले योग्यता अनुसार भाग लायो भने चोरी चल्दैन रे । झिँजा र अकौराका केही त्यस्तो कर्ममा लागेका मान्छेका छोरा आरआर क्याम्पसमा पढ्दारहेछन् । त्यहाँ पढाउँदा मेरो घर दिउँसै चोरी भएको थियो । पकाउने थोत्रा भाँडा खाल्डातिर फालेछन्, नयाँ तन्ना र रेडियो आदि जो उनलाई काम लाग्थ्यो लगेछन् । बेलुका म क्याम्पसबाट फर्कंदा त घरमा केही थिएन । भोलिपल्ट कक्षामा घर चोरीकै कुरो गरेँ । त्यसको पनि भोलिपल्ट दुईजाना बुढा मान्छे आएर ‘करैला सर के घर एहे न हवे’ भने । मैले हो भनेपछि दुवैले थपडी बजाए । दुईजना मान्छे आउँदा म जिल्ल परेँ ती मेरै कक्षामा बी.ए.मा पढ्ने विद्यार्थी थिए । तिनले लगेका सबै सामान फिर्ता ल्याएर दिए र माफी पनि मागेथे ।
त्यस दिनदेखि मेरा घरको सियो पनि हराएको अनुभव छैन मेरो । तिनै विद्यार्थीले पहिलो साइत गरेका रहेछन् । हाम्रा देशको प्रजातन्त्र बलियो बनाउन कहिले महाकाली सन्धिका निहुँमा त कहिले संकटकाल थप्ने निहुँमा हाम्रा राजनीतिको स्नातकका नेताले पार्टी फोरेर अभ्यास गरेका थिए । यिनले गरेको त्यस अभ्यासले देशको मूल्यमान्यता, परम्परा, श्रमशक्ति, प्राकृतिक सम्पदा सबै चोरी हुन लागेर आज त नागरिक पनि चोरी हुन लागे । मनचोर, यौनचोर त थिए होला तर देश र जनताकै हुर्मत चोर्नेको अहिले दब्दबा चलेको छ । कंस राजा थियो त्यसलाई मारेर प्रजातन्त्र ल्याइयो, जरासन्ध पनि राजा थियो त्यसलाई मारेर प्रजातन्त्र स्थापित भएको थियो कौरव दुष्ट थिए तिनलाई सिध्याएर शिष्ट पाण्डव स्थापित भएका थिए ।
हिजो यो देश पनि राजतन्त्रमा थियो त्यो तन्त्र हटाएर प्रजातन्त्र ल्याइयो । अतः त्यसबेला समाधान सजिलो भएको थियो । आजका नेपालमा भने त्यति सजिलो छैन किनभने गाईको अनुहारका ब्वाँसाका हातमा राज्यसत्ता परेको छ । प्रजातन्त्रमा सबैभन्दा अप्ठ्यारो परिस्थिति हो यो किनभने हिटलर पनि चुनावबाटै आएर नाजी शासक बनेको थियो । यी तीनजनालाई राजनीतिक मञ्चबाट आउट गरेर दोस्रो तेस्रो तहका राजनीति गर्नेले अब विधान अनुसार चलाउन थाल्नुपर्दछ । आआफ्ना दलका विधानको पालना र संविधानको अक्षरशः क्रियान्वयन नै प्रजातन्त्र रक्षाको राम्रो बाटो हो ।
चोरसँग कानुन विधानले पनि हार्छ किनभने राजनेतालाई देश र जनताको चिन्ता हुन्छ तर चोरलाई जनता न देश आफू र आफ्नाले कुम्ल्याउँने मूलबाटो कसरी बनाउने भन्ने एकमात्रै चिन्ता हुँदोरहेछ नेका, नेकपा, एमाले, माओवादी र गठबन्धने सरकारको चरित्र हामीले देख्यौँ राम्ररी । यी चारै प्रकारका सरकारको चरित्र एकै देखिन्छ । रक्तचन्दन व्यापारमा बाबुछोरा, सुन तस्करीमा बाबु छोरा, भुटानी शरणार्थीमा पनि लोग्नेस्वास्नी संलग्न भएको देखियो । यौनव्यवसाय गर्ने नारीले पनि आफ्नो व्यवसाय गुप्त राख्छे छोराछोरीबाट । सधैं मधुशाला र वाराङ्गना सेवीले पनि आफ्नी पत्नी चाहिँ पतिव्रता होओस् भन्ने चाहन्छ भन्ने लोकधारणा पनि हाम्रो राज्यसञ्चालकले सीमाभञ्जन गरेरै छाडे ।
सुधार्ने कसरी
(क) अहिले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी नियुक्तिका लागि गरिएको नौटंकी मञ्चनलाई चटक्क छाडेर । यो नाट्यका दस्ताबेज र पात्रलाई बिर्सेर सम्बद्ध दलका दोस्रो तेस्रो तहका नेताले पहिलो तहलाई घेर्ने र देश, जनता, शासन व्यवस्था कसरी चलाइन्छ भनेर सिकाउने ताकि यी सिक्न नसकेर आफैँ भागुन् जसरी अस्ति प्रमलाई भेट्न गएका बौद्धिक भनाउँदाले भन्यौँ भने त्यसरी नै शंकर पोखरेल, ईश्वर पोखरेल, गगन थापा, विश्वप्रकाश शर्मा, पूर्णबहादुर खड्का अरू पनि सम्बद्ध दलकाले हिम्मत देखाओ कि । कि भने बुढा गोरुलाई मेलामा हिँड्न सिकाओ देश कुनै फटाहाको पेवा हुनसक्दैन । सधैंभरि फट्याइँ चल्दैन पनि ।
संस्कृत शिक्षामा भएका उपार्जनमुखी विषयलाई र संज्ञानात्मक विषयलाई छुट्टाछुट्टै या सँगसँगै पनि लैजान सकिन्छ तर व्यवस्थापन चुस्त बनाइनुपर्यो । अहिले पनि हाम्रा देशमा राम्रा शिक्षक र जिज्ञासु विद्यार्थीको कमी छैन । विद्यालयदेखि महाविद्यालय तथा विश्वविद्यालयमा व्यवस्थापनमा ठूलो कमजोरी देखिएको छ ।
शिक्षा दिनेलाई कँज्याउने नीतिबाट राज्यमुक्त हुनुपर्छ । राम्रो पाठ्यक्रम कक्षामा पढाउनेले नै बनाउन सक्छ । कथित शिक्षाको तालिमलाई प्राज्ञिक प्रमाणपत्र मानेर ठगी खाएका शिक्षाशास्त्रीले बनाएका पाठ्यक्रम देखियो । अनि मन्त्री र प्रधानमन्त्रीका हुइममा बनेका लेटर ग्रेडिङ मूल्यांकन पद्धतिको ताईं पनि देखियो । जुन दिनसम्म शिक्षकलाई शिक्षाको स्तर कायम गर्ने जिम्मा दिँदैन त्यस दिनसम्म देशले खोजेको जनशक्ति नपाउन पनि सक्ला होस् गर्नुपर्छ । उसलाई अविश्वास गरुन्जेल काइते खेल चल्नेमात्रै हो । जसरी तिमीहरूका सुप्रिमेसीले आज नयाँपुस्ता देशमा नै नबस्ने भयो । यही रित अरू दुई-चार वर्ष चलाएर आआफ्ना धतुरे नेताको चाकडीमा लाग्यौं भने सुवास नेम्वाङ लासले सन्तान कुरे झैं तिमीहरूका लासले पनि सन्तानको मुख नदेखेर कीरा परेर जानुपर्ला होस गरौं ।
(ख) माथिको उपायपछि छात्रवृत्तिको व्यवस्था गरेर विद्यार्थीलाई देशमा बसेर पढ्ने वातावरण बनाउनुपर्छ । छात्रावाससहितको छात्रवृत्तिको व्यवस्था गरेपछि जनताका छोरा पढ्नेतिर लाग्छन् । अशक्तलाई दिएर सशक्त बनाउने काम बरू राणाले गरेका थिए । शाहले धानेथे कांग्रेस र कम्युनिष्टले त्यो पनि खाएर फोस्रो समृद्धि र सुखी नेपालीको हुँडारे गर्जन सुनाउन थालेपछि १२ पास गरो कि विदेश पलायन हुन लागेको देखिन्छ । बिहान, दिउँसो र बेलुका तीनै समय चल्ने विद्यालय महाविद्यालय सञ्चालन गर्ने र बिहान पढ्नेले दिउँसो काम पाउने र बेलुका पढ्नेले दिउँसो काम पाउनेगरी पढाइ र अर्थोपार्जनलाई सँगसँगै सञ्चालन गर्नेगरी व्यवस्था मिलाइनु आवश्यक छ ।
संस्कृत शिक्षामा भएका उपार्जनमुखी विषयलाई र संज्ञानात्मक विषयलाई छुट्टाछुट्टै या सँगसँगै लैजान सकिन्छ तर व्यवस्थापन चुस्त बनाइनुप¥यो । अहिले पनि हाम्रा देशमा राम्रा शिक्षक र जिज्ञासु विद्यार्थीको कमी छैन । विद्यालयदेखि महाविद्यालय तथा विश्वविद्यालयमा व्यवस्थापनमा ठूलो कमजोरी देखिएको छ । यो पनि सरकारको नालायकपनाले भएको देखिन्छ । अतः यसलाई बदल्न देशको सत्तासञ्चालनमा नयाँ दृष्टि, नयाँ सीप र नयाँ जोशजाँगर भएका व्यक्ति पुग्नैपर्छ । घरको वातावरण राम्रो भयो भने पुरानै शैलीका घर पनि बसौं-बसौं लाग्ने हुन्छन् ।
अतः लोग्नेस्वास्नी, सालाजेठान, बाबुछोरा, छोरीज्वाइँ सबै मिलेर देश लुट्न र जनता ठग्न पल्केका हुँडार फाल, देश आफैं रहर लाग्दो बन्छ । विश्वविद्यालयको कुलपति अब प्रधानमन्त्री न राष्ट्रपति बोर्ड अफ ट्रष्टीले चलाउने व्यवस्था गर्नुपर्छ । यो मोडेल भनेको बेलायती उपनिवेशका बेलाको उपहार हो अब हाम्रै पौरस्त्य मौलिकतातिर पनि फर्कन सकिन्छ । युग परिवर्तन भयो कार्यशैली पनि परिवर्तन गर्नैपर्छ । बुढालाई अब सम्मान गरेर मीठो-मसिनु खाएर बस भन्न सक्नुपर्छ । जनता जगाउन स्वच्छ छवि भएका स्वतन्त्र मान्छे लिएर हिँड युवक हो ।
हुँडार होइन सेवक बन
बीपीले प्रधानमन्त्रीदेखि सहायक मन्त्रीसम्मको तलब घटाएका थिए । उनीभन्दा पछि आएर जे जति पनि मन्त्री सांसद बनेका छन् सबैले आआफ्नो तलब बढाउने कुरामा जति चासो देखाए त्यति चासो सामान्य खेती गरेर जीविका चलाउने, राष्ट्रलाई नै पाल्ने किसानले पाउनुपर्ने मल न सिँचाइको व्यवस्था, न त बेलामा कृषि उत्पादनको समर्थनमूल्य नै सरकारले तोक्छ खाली सत्ता सुविधा र कालो व्यापारमा रमाएर बसेका छन् ।
यति हुँदा पनि देशका युवाजमात नब्युँझेको देखेर मान्छे पनि आश्चर्यचकित भएका थिए । धन्न अस्तिबाट गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्माहरूले मेचीपुलका मुखबाट जनतासँग दुःखसुख बाँड्ने उद्देश्यका साथ यात्रा प्रारम्भ गरेका छन् । यसले नेपाली कांग्रेसलाई सही कांग्रेसका भूमिकामा उभ्याओस् हामीजस्ता प्रजातन्त्र, समानता, स्वतन्त्रता र विश्वबन्धुताको मन्त्र जपेर बस्नेका निमित्त यसभन्दा अर्को राम्रो उपहार हुने छैन । भवतु सब्व मंगलम् । अप्पदीपो भव । डा.शेखर, गगन, विश्वप्रकाश र प्रदीप जाग ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच