मुगुको सोरु गाँउपालिकामा फैलिएको रुघा र ज्वरो भाइरल इन्फ्लुएन्जा भएको पुष्टि

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 4 mins

मुगु । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाँउपालिका-६ पुरुमुरु गाँउमा तिन जनाको ज्यान जानेगरी फैलिएको रुगा खोकी भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको छ ।

सोरु गाँउपालिका-६ का पुरुमुरु र जिमा गाँउमा डेढ साता अघिबाट फैलिएको मौसमी रुगा खोकीबाट तिन जनाको मृत्यु भएको थियो । १ सय ५० जना थला परेक थिए । थला परेका मध्ये १ सय ३५ जनामा उक्त स्थानमा पुगेको डाक्टरसहितको टोलीले चेकजाँच गर्दा भाइरल इन्फ्लुएन्जा लक्ष्यण देखिएको र बिरामी परेका मध्ये ११ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गर्दा भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको हो ।

जिल्ला अस्पताल मुगुका डाक्टर कमल ढुङ्गानाले दिएको जानकारी अनुसार उक्त क्षेत्रबाट १ सय ५० जना मध्ये १ सय ३५ जनामा भाइरल इन्फ्लुएन्जाको लक्षण देखिएको थियो । त्यस्ता खाले बिरामीहरु मध्ये ११ जनाको स्वाभ संकलन गरी परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएको थियो । पठाईएको स्वाभ मध्य १० जनाको परिक्षण गर्दा एक १ जनामा कोभिड १९ को भाईरस १ जना भाइरल इन्फ्लुएन्जा एक जनामा भाइरल इन्फ्लुएन्जा बि र अरु ७ जना बिरामीहरुमा भाइरल इन्फ्लुएन्जा भएको रिपाेर्ट जिल्ला अस्पातलमा प्राप्त भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्राप्त रिपाेर्टअनुसार उक्त भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भए पनि थप अनुसन्धानका लागि त्यस क्षेत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडेमियोलोजी महाँशाखा, बिश्व स्वास्थ्य संगठन सुर्खेतर जिल्ला अस्पातलबाट गरी तिन जनाको डाक्टरसहितको टोली बुधबारै सोरु गाँउपालिका-६ पुरुमुरु र जिमा गाँउ तर्फ हिडेको र डाक्टरको टोली केही दिन उक्त स्थानमा बसेर थप अनुसन्धान गर्ने प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले जानकारी गराउनु भयो ।

सोरु गाँउपालिकाका उपाध्यक्ष केशर बहादुर शाहीले दिएको जानकारीअनुसार केही समय अगाडिबाट फैलिएको भाइरल इन्फ्लुएन्जा नियन्त्रण गर्न गाँउपालिकाले औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरेको छ । बुधबार जिल्ला अस्पतालबाट डाक्टरसहित टोली गाँउमा पुग्ने बताइएकाे छ । उपाध्यक्ष शाहीकाअनुसार दुबै गाँउमा अहिले बिरामीहरुको संख्या पहिलाको भन्दा घट्दै आउन थालेकाे छ ।

सोरु गाँउपालिका-६ पुरुमुरु गाँउका ७२ बर्षिय हरिबहादुर शाही सोही गाँउकी ७५ बर्षिया कृती छत्याल र २४ बर्षियाकी कुशुम ढोलीको रुघा खोकी ज्वरोबाट माघको दोस्रो साता मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?