भत्काउन दिन्न मेरो झुपडी

हिमालय टाइम्स
Read Time = 3 mins

मेरा पुर्खाले,
पसिनाले माटो मुछेर
नाम्लोमा खोलाबाट
चप्पल ढुंगा बोकेर
चरमा भसाएको
खुकुरीले ताछेर
अग्राखको काठको निदल बनाएको
झ्याल ढोका बनाएको
मेरो झुपडी

माउले खान सक्दैन ।
मुसाले दुलो पार्न सक्दैन
चोरले फोर्न सक्दैन
किनकी,
यो बलियो छ
बाक्लो छ र दर्बिलो छ ।।

तर,
मेरो घरको दक्षिण पट्टी
यमानको पक्की घर छ ।
मेरो घरको उतरपट्टी
बडेमानको पक्की घर छ ।।

दुवै घर अग्ला छन्
ठूला र बलिया छन् ।।
हामीलाई,
उभो निस्कने ठाउँ छैन
उधो झर्ने ठाउँ छैन ।।

पधेरो भेट्न,
कि उधोको घरधनी गुहार्नु पर्छ ।
कि उभोको घरधनीसँग निुहुँरिनु पर्छ ।।
पानी खान होस् कि
हावा खान
गुहार्नै पर्छ–छिमेकीहरु

झुपडी माथि,
घरी तल्लाघरे झ्यालबाट तुर्काउँछ ।
घरी माथ्लो घरे नयाँ बनाउँ भन्दै फुर्काउछ ।।
उधो हेर्यो–उभोको रिसाउँछ ।
उभो हेर्यो–उधोको ठुस्स पर्छ ।।

तल्ला घरेको पर्म गयो
माथ्लो घरेले सराप्छ ।
माथ्ला घरेको खेताला गयो ।
तल्ला घरे मुर्ममुरिन्छ ।

दुवै घरधनी
पैसा वाला छन् ।
वर्षे पिच्छे तला थप्छन् ।
नुन लिने बहानामा
श्रीमती तिहुन चाख्न
तल्ला घर तिर हुइकिन्छे
जाडो भो बाक्लो लुगा चाहियो भन्दै
छोरो माथ्लो घर तिर
सुइँकुच्चा ठोक्छ ।।

के सुन्छन् कुन्नि
भत्काउ भन्छन् झुपडी
चाहियो भन्छन् बंगाला
तर,
म,
हावा बिना सास फेर्ने सक्छु
पानी नपिई बाँच्न सक्छु ।
छिमेकी महल ठड्याउँछ
म शिर ठड्याउँछु ।।

झुपडी भत्काउन त के
लिउन सम्म उक्काउन दिन्न
किनकी,
यो झुपडी,
हाम्रो पुर्खाको पसिना हो ।
रगत हो ।
अनि हाम्रो र हाम्रा सन्ततिको
शान हो
स्वाभिमान हो
पहिचान हो ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?