भोजपुरका धार्मिक क्षेत्रहरुको सरसफाई

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरको प्रसिद्ध सिद्धकाली मन्दिर लगायतका धार्मिक सम्पदा भएको क्षेत्रहरुमा सरसफाई गरिएको छ ।

धार्मिक संरक्षण सम्पदा समिति र उद्योग बाणिज्य संघ भोजपुरको समन्वयमा मन्दिर आसपास र बाटो सरसफाई गरिएको छ । सिद्धकाली मन्दिर जाने बाटो, धारा र राधाकृष्ण मन्दिर क्षेत्रमा सरसफाई गरिएको उद्योग बाणिज्य संघ भोजपुरका कार्यालय सचिव मिना कार्कीले जानकारी दिनुभयो ।

स्थानीय ब्यवसायी, धार्मिक सम्पदा संरक्षण समितिका पदाधिकारी, युवा र स्थानीयको सहभागितामा सरसफाई कार्यक्रम भएको हो । जिल्ला भित्र रहेका प्रसिद्ध मठमन्दिरहरु धार्मिक पर्यटनका क्षेत्र समेत भएकाले यसको संरक्षण तथा सम्वर्द्धनसहित सरसफाई पनि जरुरी भएको उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले बताउनुभयो ।

भोजपुर सदरमुकाम र आसपासका पसलहरु ब्यवसायीले प्रत्येक हप्ताको शुक्रवार एक दिन बन्द गर्ने गरेकाले सोही दिन नियमित सरसफाईको कार्यक्रम थालिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?