
कालीकोट । करीब ६ महिनापछि कालीकोटमा हिमपातसँगै वर्षा भएको छ । बुधबार राति देखि कालीकोट जिल्लाका लेकाली भेगमा भएको वर्षासँगै हिमपातले जनजीवन प्रभावित समेत भएको छ ।
राति आएको वर्षासँगै हिमपातले जिल्लाका माथिल्लो क्षेत्र धौलागोह, खिन, फोइमहादेव, ओदानकु, रुप्सा, रास्कोटको देउरा, त्रिवेणी, जुविथा, चिल्खाया, छाप्रे, पाँखा र सदरमुकाम मान्मालगायतका क्षेत्रमा भारी हिमपात भएपछि जनजीवन प्रभावित भएको हो
बिहानैदेखि कालीकोट जिल्लालगायत कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामा समेत भारी हिमपातसँगै वर्षा भइरहेको छ ।
हिमपातसँगै आएको वर्षाले कृषकमा खुसी ल्याएको छ । स्थानीय कृषकले लगाएको गहुँ तथा जौ बालीलाई बर्षाले राम्रो गर्ने हुँदा कृषकलाई राहत भएको छ ।

बुधबार रातीदेखि सुरु भएको वर्षा र हिमपात बिहीबारसम्म रोकिएको छैन् । निरन्तर वर्षासँगै हिमपातका कारण चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ । निरन्तर वर्षा र हिमपात भएको खण्डमा विद्युत, टेलिफोन, इन्टरनेट सेवालगायतका अत्यावश्यक सेवा बन्द हुने देखिएको छ ।
जाडो बढेसँगै घरघरमा हिटरको प्रयोग बढेपछि बत्तीको भोल्टेज नपुग्दा समस्या भएको नेपाल विद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रले जनाएको छ ।
एक महिना अघिदेखि कालीकोटमा रातिको समय नियमित बत्ती समेत उपलब्ध छैन् । मौसम सुधारको समयमा समेत बत्ती नियमित प्रयोग गर्न नपाएका कालीकोटबासीलाई हिमपात र वर्षा भएपछि टेलिफोन तथा इन्टरनेटको झनै समस्या हुने देखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच