दयाहाङले एक वर्ष नयाँ फिल्म साइन नगर्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं– अभिनेता दयाहाङ राईले एक वर्ष नयाँ फिल्म साइन नगर्ने बताउनु भएको छ ।

एउटा फिल्मको पत्रकार भेटघाटमा बोल्दै उहाँले पहिला नै कमिटमेन्ट गरेका फिल्मको सुटिङ सक्न एक वर्ष समय लाग्ने भएकाले पूराना काम सकेपछि मात्र नयाँ फिल्म गर्ने बताउनु भएको हो ।

बजार चर्चाअनुसार दयाहाङ राईको हातमा अहिले १६–१७ वटा फिल्म छन् । उहाँले एकै महिनामा दुई तीन वटा फिल्मको सुटिङ एक साथ गरिरहनु भएको छ ।

माघ महिनामा डिग्रि माइला र भूठानको छायांकन सक्नुभएका दयाले यही महिना मनसरा र रंगेलीको बाँकी काम सक्नु हुनेछ । अर्को महिना भने उहाँले घर ज्वाइँलाई समय दिनु भएको छ ।

चैतको महिनाका लागि भने कार्साङ र दुःखी आत्माबीच को पहिला जाने प्रतिस्पर्धा छ । यसपछि भने लोकल हिरो, वरिष्ठ बलराम, गाउँ नै रमाइलो आदि फिल्मले पालो पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?