आयात घट्दा पनि साढे १४ खर्बको व्यापारघाटा

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.४ प्रतिशतले घटेर १७ खर्ब ६८ अर्ब ८७ करोडमा झरेको छ । सो अवधिमा निर्यात २१.४ प्रतिशतले घटेर एक खर्ब ५७ खर्ब १४ करोडमा झरेको छ भने आयात पनि १६.१ प्रतिशतले घटेर १६ खर्ब ११ अर्ब ७३ करोडमा झरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार २०२२ मा विश्वको कुल व्यापारमा नेपाल निर्यातमा १५५औँ स्थानमा रहेको छ भने विश्व व्यापारको कुल आयातमा नेपालको आयात हिस्सा १०१औँ स्थानमा रहेको छ ।

२०७८/०७९ को तुलनामा गत आर्थिक वर्षमा खानेतेलको निर्यातबाहेक अन्य वस्तुको निर्यातमा सुधार देखिएको छ । गत आर्थिक वर्ष मुख्य रूपमा पामतेल, पोलिष्टर धागो, ऊनी गलैंचा, भटमास तेल, अलैंची, जुट तथा जुटका सामान, जुस, ऊनी फेल्ट उत्पादन, कुकुर बिरालाका आहारा, पश्मिना, चाउचाउ, जडीबुटी, नेपाली हातेकागज, अदुवा र जुत्ता चप्पल निर्यात भएका थिए । तर, सो अवधिमा पामतेल निर्यात ५०.१ प्रतिशतले घटेर २० अर्ब ५१ करोडमा झरेको छ भने भटमास तेल निर्यात पनि ८२.४ प्रतिशतले घटेर आठ ४८ करोडमा झरेको छ ।

गत वर्ष खाद्यान्न आयात २३.८ प्रतिशतले घटेर ५६ अर्ब ६३ अर्बमा झरेको छ भने औषधि आयात ३७.९ प्रतिशतले घटेर ४४ अर्ब ६४ करोड, दूरसञ्चार सामग्री आयात ३२.३ प्रतिशतले घटेर ३६ अर्ब ३१ करोडमा झरेको छ ।

त्यस्तै, पोलिष्टर धागो निर्यात पनि २.९ प्रतिशतले घटेर १२ अर्ब २० करोडमा झरेको छ । तर, ऊनी गलैंचा निर्यात २०.३ प्रतिशतले बढेर ११ अर्ब ५१ करोड पुगेको छ । फलाम तथा फलामजन्य उत्पादनको निर्यात पनि १७९.१ प्रतिशतले बढेर १० अर्ब ८२ करोड पुगेको छ । तयारी पोशाक तथा एक्सेसरिजको निर्यात पनि ९.५ प्रतिशतले बढेर आठ अर्ब ६२ करोड पुगेको छ तर, जुट तथा जुटजन्य उत्पादनको निर्यात भने ४.१ प्रतिशतले घटेर सात अर्ब ६४ करोडमा सीमित भएको छ । अर्को प्रमुख निर्यातजन्य वस्तु ऊनी फेल्टका उत्पादनको निर्यात भने ५.८ प्रतिशतले बढेर पाँच अर्ब २३ करोड पुगेको छ । जुस निर्यात पनि ९.२ प्रतिशतले बढेर छ अर्ब ६३ करोड पुगेको छ भने प्लाइउड निर्यात ५०९ प्रतिशतले बढेर दुर्ई अर्ब १५ करोड पुगेको छ ।

कृषिजन्य वस्तु निर्यातको अग्रणी स्थानमा रहेको अलैंचीको निर्यात ७१.९ प्रतिशतले बढेर आठ अर्ब २८ करोड पुगेको छ भने अर्को कृषिजन्य वस्तु निर्यात पनि १४.६ प्रतिशतले बढेर तीन अर्ब ९४ करोड पुगेको छ । तर, पामतेल, भटमास तेल, सूर्यमूखी तेल निर्यात भने ६४ अर्ब २७ करोडले घटेको छ । तर पनि भटमास तेल, पामतेल, सूर्यमूखी तेलले नेपालको कुल निर्यातमा १९.७३ प्रतिशत हिस्सा ओगट्दै पहिलो स्थानमा रहेको छ । उल्लेखित वस्तु २९ अर्ब ४३ करोडको निर्यात भएको हो । प्रशोधित खाद्य तेलको निर्यातमध्ये पामतेल, भटमास तेल, सूर्यमूखी तेलको हिस्सा नेपालको कुल निर्यात क्रमशः १३.१, ५.४ र ०.३ प्रतिशत रहेको छ । प्रशोधित खाद्य तेलबाहेक अन्य वस्तुको समग्र निर्यात भने २०.१ प्रतिशतले बढेको छ ।

गत वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा पेट्रोलियम पदार्थ आयात ७.३ प्रतिशतले घटेर तीन खर्ब नौ ७० करोडमा झरेको छ भने फलाम तथा स्टिलजन्य उत्पादनको आयात पनि ९.८ प्रतिशतले घटेर एक खर्ब ६७ अर्ब २९ करोड, मेसिनरी तथा पाटर््स ३०.१ प्रतिशतले घटेर एक खर्ब ९८ करोडमा झरेको छ । सुन आयात भने २.८ प्रतिशतले बढेर ४३ खर्ब ९० करोड पुगेको छ । इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री आयात पनि ५.४ प्रतिशतले घटेर ६५ खर्ब १७ करोडमा झरेको छ । यातायात साधन र तिनका पार्टपुर्जा आयात ४७.७ प्रतिशतले घटेर ५१ अर्ब ९७ करोडमा झरेको छ । कच्चा भटमास तेल आयात ३६.७ प्रतिशतले घटेर ३५ अर्ब ५८ करोडमा झरेको छ भने खाद्यान्न आयात पनि २३.८ प्रतिशतले घटेर ५६ अर्ब ६३ करोडमा झरेको छ ।

औषधि आयात ३७.९ प्रतिशतले घटेर ४४ अर्ब ६४ करोड, दूरसञ्चार सामग्री आयात ३२.३ प्रतिशतले घटेर ३६ अर्ब ३१ करोडमा झरेको छ भने रासायनिक मल आयात भने ९०.४ प्रतिशतले बढेर ४० अर्ब ७० करोड पुगेको छ । पामतेल आयात ३४.१ प्रतिशतले घटेर २५ अर्ब ९१ करोडमा सीमित भएको छ । गत वर्ष अधिकांश वस्तुको आयात घटेकाले व्यापारघाटा पनि १५.५ प्रतिशतले घटेर कुल व्यापारघाटा १४ खर्ब ५४ अर्ब ५९ करोडमा झरेको केन्द्रको तथ्यांक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?