ओएनएम सर्भे नभए लुम्बिनी आयुर्वेद चिकित्सालय सञ्चालन गर्न नसकिने

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 9 mins

रुपन्देही । रुपन्देहीमा रहेको लुम्बिनी आयुर्वेद चिकित्सालयमा ओएनएम सर्वे नभए अस्पताल सञ्चालमा गर्न समस्या हुने भएको छ । २०४३ सालमा स्वीकृत स्थायी दरबन्दीबाटनै अहिले अस्पताल सञ्चालन भैरहेको छ ।

६ जनाको दरबन्दी रहेको चिकित्सालयमा १५ बेड सञ्चालमा रहेको छ । अस्पतालका प्रमुख डा. प्रवेश श्रीवास्तवकाअनुसार अस्पतालमा नेपाल सरकारको दरबन्दी जम्मा ६ जनाको रहेको बताउनु भयो । उहाँले यो दरबन्दी २०४३ सालमा स्वीकृत भएको र अहिले सम्म उही दरबन्दीबाट अस्पताल सञ्चालन भएको बताउनु भयो।

उहाँले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा वैज्ञानिक ढंगमा संगठन तथा व्यवस्थापन सर्भेक्षण (ओएनएम) नहुँदा पहिलेको दरबन्दीबाट काम चलाएको बताउनु भयो । एउटा अस्पताल कस्तो जनशक्ति कति चाहिन्छ भन्ने ओएनएम सर्भे पुरा भएपछि मात्र कति जनशक्ति यो समयमा आवश्यक पर्छ भन्ने कुरा निक्यौल गर्न सकिन्छ । त्यो पूर्ण रुपमा नहुँदा पनि अस्पताल सञ्चालनमा समस्या रहेको छ ।

विभिन्न संस्थाको सेवा प्रभाव र आवश्यकता अनुसार ओएनएम सर्भे भएर यति जनशक्तिको माग छ भनिसकेपछि त्यो कुरा संबंधित मन्त्रालय र सबै सरोकारवाला निकायले बुझि सकेपछि लिखित दस्तावेज बन्छ र स्वीकृत हुन्छ । त्यहि दस्तावेजअनुसार सरकारले लोकसेवा मार्फत स्थायी कर्मचारी पठाएपछि नागरिकले सहज सेवा पाउन सक्छन ।

हाल चिकित्सालयको लागी ३९ जना दरबन्दी आबश्यक रहेको र सोहि अनुसार स्वास्थ्य मन्त्रालयबाट प्रकृया बडेको डा प्रवेशले बताउनु भयो। डा श्रीवास्तवले अस्पतालमा अहिले ४ जना छात्रबृत्ति करार चिकित्सक र १३ जना अस्थायी कर्मचारी करारमा थप भइ अस्पताल सञ्चालन भैरहेको बताउनु भयो । करार भनेको १ बर्ष वा ६ महिलाको मात्र हुन्छ सरकारले बजेट र कार्यक्रम थप गरे मात्र रहने हुनाले अस्पताल सञ्चालनको लागि ओएनएम सर्वे आवश्यक रहेको बताउनु भयो।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा जनार्दन पन्थीले भन्नु भयो लुम्बिनीमा प्रदेश ऐन आयो अब नियमावलीमा केहि दिनमा पास होला त्यसपछि स्थायी रुपमै २ प्रादेशिक अस्पताल १३ जिल्ला अस्पताल आयुर्वेद अस्पताल चिकित्सालय सबैको संगठन तथा व्यवस्थापन सर्भेक्षण (ओएनएम) सर्वे गरिने बताउनु भयो।

अहिलेको दरबन्दीबाट धेरै अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरुमा कर्मचारी अभाव भएको र दैनिक उपचारको काममासमेत समस्या भएको बताउदै ओएनएम पछि त्यो समस्या अन्त्य हुने डा पन्थीले बताउनु भयो।

स्वास्थ्य मन्त्रालयले यसको लागि अर्थमन्त्रालय संग समन्वय गरिरहेको र विज्ञ टोलीमार्फत सबै अस्पतालमा यो काम गर्ने तयारीमा स्वास्थ्यमन्त्रालय लागेको सचिव पन्थीले बताउनु भयो।

अब यो बर्ष लुम्बिनी आयुर्वेद चिकित्सालय र दाङको राप्ती प्रादेशिक अस्पताललगायका अस्पतालको ओएनएम सर्भे गरिने बताउनु भयो । उहाँले ओएनएमबाट अस्पताललाई आवश्यक दरबन्दी पुरा भएपनि अन्य भौतिक तथा उपकरण ब्यवस्था मिलाएर नागरिकहरुलाई सहज सेवा दिने वातावरण मिलाउन सरकार लागि परेको बताउनु भयो ।

लुम्बिनी आयुर्वेद चिकित्सालयमा कतिले उपचार लिए ?

आव २०७९/८० मा ४१ हजार बिरामीले उपचार सेवा लिएको सूचना अधिकारी गणेश सापकोटाले बताउनु भयो । जसमा महिला १८ हजार ७९५ र पुरुष १३ हजार ३९५ जना रहेका छन् । आयुर्वेदिक अस्पतालमा हाल ओपीडी र पञ्चकर्म सेवा विस्तार गरिएको छ । नागरिक आरोग्य केन्द्र, ज्येष्ठ नागरिक घरदैलो सेवा, योग सेवासहित बुटवलका ५ ठाउँमा आरोग्य केन्द्रबाट सेवा दिने व्यवस्था गरिएको बताउनु भयो। उहाँले यसवर्ष पनि पालिकामा बिभिन्न कार्यक्रम गर्दै आएको बताउनु भयो।

आर्थिक बर्षबाट अस्पताल सञ्चालन

अस्पतालमा यसै वर्षबाट १५ बेडको अस्पताल सञ्चालन भएको छ । साथै शालाक्य सेवा नाक, कान, घाँटी सेवा विस्तार र अन्तरंग सेवा सुरु भएकाले बिरामीको चाप बढेको हो । अस्पतालमा जीर्ण रोग, गठिया बाथ, ग्यास्ट्रिक, ढाड कम्मर दुख्ने नसा च्यापिने, हड्डी खिइने, छालाका रोगी, बच्चाको रुघाखोकी, दम, प्यारालाइसिस, पार्किसन्सलगायतका बिरामीहरू बढी आउने गरेका छन् । अस्पतालको प्रयोगशालामा सरकारी नियम अनुसारको न्यून शुल्क रहेको छ । पञ्चकर्ममा सामान्य शुल्क रहेको छ ।

ओपीडीमा १० प्रतिशत छुटको व्यवस्था छ । ज्येष्ठ नागरिकको निःशुल्क उपचार हुँदै आएको छ । ‘क्षारसुत्र, पञ्चकर्म सेवा र भर्ना भएका बिरामी हेर्न विशेषज्ञ चिकित्सकको अभाव छ’ । २०४३ सालमा बनेको दरबन्दी हालसम्म थपिएको छैन । दरबन्दी थपिएपछि अस्पतालमा बीमा सेवा र अस्पतालको सशुल्क फार्मेसी सञ्चालनको तयारी पनि भैरहेको अस्पतालका प्रमुख डा श्रीवास्तवले बताउनु भयो।

उपकरण सञ्चालनको लागि चिकित्सक अभाव

प्रमुख डा. श्रीवास्तवका अनुसार अस्पताललाई एम्बुलेन्स, ५०० एमएको एक्सरे, पञ्चकर्मको ठूलो सेट, ओनएमअनुसार ३९ जनाको दरबन्दी तत्काल आवश्यक छ । ढाडको नशा च्यापिएको, प्यारालाइसिस भएको, पुरानो दम भएका बिरामीका लागि एम्बुलेन्स जरुरी छ । एक्सरे गराउन मेशिन छैन, पञ्चकर्ममा अत्याधुनिक उपकरणहरु अभाव छन् । तर पनि बिरामीको चाप बढेको छ’, ।

अस्पतालको निरीक्षण

प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय स्वास्थ्य सचिव डा जनार्दन पन्थी अस्पतालको निरीक्षण पनि भएको छ । स्वास्थ्यमन्त्री खनालले स्थानीयको सहकार्यमा कार्यक्रम अगाडि बढाउँदा प्रभावकारी हुने भन्दै उहाँले सेवा विस्तारका लागि स्थानीयमा चासो बढाउनुपर्ने बताउदै आवश्यक सहयोगका लागि आफू लागिपर्ने बताउनु भएको थियो।

पुर्वमन्त्री वरालद्वारा अस्पतालको सेवा र स्तरोन्नतिको चासो

तत्कालिन सामाजिक विकास मन्त्री सुदर्शन बरालले अस्पतालको बर्तमान अवस्थाबारे अन्तरङ्ग सेवा त्यहाँ भएको उपचारका बारेमा जानकारी लिनु भएको छ । आफु समाजिक विकास मन्त्री हुँदा लुम्बिनी आयुर्वेद चिकित्सालयलाई स्तरउन्नती गरेको र भौतिक चिकित्सक उपकरण वारे अस्पतालका प्रमुख डा श्रीवास्तव संग छलफल गर्नु भएको थियो । उहाँले सरकारले आयुर्वेदमा लगानी बढाउनु पर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?