ब्यावसायीमाथि गोली लागेपछि शान्ति सुरक्षाको माग गर्दै आन्दोलन

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । नवलपरासीका व्यवसायीहरुले शान्ति र सुरक्षाको माग गर्दै आन्दोलन गरेका छ ।

शनिबार साँझ पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराबारी स्थित चोरघोलामा सुनचाँदी ब्यवासायी गजेन्द्र बिश्वकर्मा माथि भएको आक्रमणको पछी ब्यवसायीहरु आतंकीत भएको सुनचाँदी ब्यवासायी संघ नवलपरासीका अध्यक्ष अर्जुन सुनारले बताउनु भयो । 'केहि समय अघि प्रतापपुर गाउपालिका वडा नम्बर २ गोपिगँज र अहिले फेरि बर्दघाट १६ मा चोरी गर्ने र ज्यान समेत मार्ने गरि आक्रमण गरेपछि कसरी ब्यवसाय गर्ने ?' सुनारले भन्नुभयो ।

नवलपरासीका सुनचाँदी ब्यवसायी, उद्योग बाणिज्य संघ बर्दघाट, बर्दघाट बजार बिकास समिति लगायतले आन्दोलन गर्दै नारा लगाएका छन । ब्यावसायीहरुले प्रहरी प्रमुख राजीनामा दे, ब्यवसायीको शान्ति सुरक्षा कायम गर, ब्यवसायीक एकता जिन्दबाद जस्ता नाराहरु लगायका छन । शान्ति र शुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यालय ब्यवसायीहरुले बर्दघाटमा नारा जुलुस गर्दै प्रहरी उपरीक्षक भिम बहादुर कार्कीको राजिनामा समेत मागेका छन ।

सुस्ता गाउपालिका १ बरुवामा न्यू धौलागिरी सुनचाँदी पसल सञ्चालन गर्दै आउनुभएका व्यवसायी गजेन्द्र विश्वकर्माको देब्रे पाखुरामा लागेको गोलि मेरुदण्डमा गएर अड्किएको सुनारले जानकारी दिनु भयो । गोली प्रहारबाट घाइते विश्वकर्मालाई चिसापानी अस्पताल, तिनाउ इन्टरनेटर नेशनल अस्पताल बुटवल, भैरहवा मेडिकल कलेज हुँदै अहिले काठमाडौँ लगिएको छ ।

अज्ञात समूहले विश्वकर्मालाई धारिलो हतियारसमेत प्रहार गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?