काठमाडौ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले उद्घाटन गरेकाे दुई वर्ष ९ महिना बितिसक्दा पनि धरहराको निमार्ण सम्पन्न नभएको भन्दै आक्रोश व्यक्त गर्नुभएकाे छ ।
सोमबार बिहान समाजिक सञ्जाल मार्फत बालेनले भित्तामा नाम लेख्ने हतारोमा निर्माण सम्पन्न नै नभई उद्घाटन गरिएको भन्दै आक्रोश व्यक्त गर्नुभएकाे हाे ।
सहरी विकास मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो । निर्माणाधीन अवस्थामा रहेको धरहरामा पार्किङ गर्दा जोखिम हुने भन्दै पत्र पठाएपछि बालेनले द्घाटन गरेकाे दुई वर्ष ९ महिना बितिसक्दा पनि धरहराको निमार्ण सम्पन्न नहुनु लाज मर्दाे भएकाे बताउनु भएकाे छ ।
उहाँले लेख्नुभएकाे छ, “२०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट सेतो टावर उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो,आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालिन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे । तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’ तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।”
काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि केही दिनअघि मात्रै धरहरामा निस्शुल्क पार्किङको व्यवस्था गरेको थियो । त्यसलाई अझै व्यवस्थित बनाउँदै लैजाने मेयर शाहले उल्लेख गर्नुभएकाे छ । सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने कुरामा ख्यालठट्टा नगर्न पनि बालेनले आग्रह गर्नुभएकाे छ ।
“अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ , अझै ब्यबस्थापन गर्दै लग्नेछौ ।अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथी रजाइ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौ महानगरमा रहुन्जेल कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन दिने छैनौ ” उनले उल्लेख गर्नुभएकाे छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर