बारा । बाराको कोहल्वी नगरपालिका-२ स्थित पातालगंगा सिमसार क्षेत्रमा ताल निर्माण हुने भएको छ । जिल्लाको महत्वपूर्ण सिमसार क्षेत्र संरक्षण गर्ने तथा पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संघीय सरकारको ४८ करोड लगानीमा यो ताल निर्माण गर्न लागिएको हो । यो पूर्व-पश्चिम राजमार्गदेखि आठ किलोमिटर दक्षिणतर्फ जडीबुटी प्रशोधन कम्पनी लिमिटेड तामागढीको कार्यालयदेखि ५०० मिटर पश्चिम र उत्तरमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सिमाना पर्दछ ।
पातालगंगा २५७ हेक्टरमा फैलिएको छ । त्यसमध्ये १३३ हेक्टर झाडी र बुट्यानले भरिएको छ । बाँकी १२४ हेक्टरमा केही भाग सिमसारले ओगट्दा बाँकी खाली छ । स्थानीय सरकार, सहजनाथ साझेदारी वन र डिभिजन वन कार्यालय समेतले चासो देखाएको यो ठाउँलाई विशाल तालको रूपमा विकास गर्नसक्ने पर्याप्त सम्भावना छ । तालको प्रारम्भिक काम सुरु गर्न चालु आर्थिक वर्षमा संघीय वन मन्त्रालयबाट २० लाख बजेट निकासा भइसकेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।
पातालगंगा निर्माण हुँदा सिमसारजन्य वन्यजन्तु र जैविक विविधता संरक्षणका लागि अनुसन्धान स्थलको निर्माण । यसले आन्तारिक तथा बाहृय पर्यटकलाई पनि आकर्षित गर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच