
न्यूर्योक । संयुक्त राष्टसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्टसंघीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) को मूल्यांकन गर्न स्वतन्त्र प्यानल गठन गर्ने घोषणा गर्नुभएको छ । गत अक्टोबर ७ गते इजरायलमा भएको हमासको आक्रमणमा उक्त एजेन्सीका बाह्रजना कर्मचारीहरू संलग्न रहेको इजरायली दाबीका कारण मानवीय संगठनले आलोचनाको सामना गर्नुपरेको छ । एजेन्सीको कोष अमेरिका, जर्मनी, बेलायत, स्विडेनलगायत एक दर्जनभन्दा बढी राष्ट्रले निलम्बन गरेका छन् ।
फ्रान्सका पूर्वविदेश मन्त्री क्याथरिन कोलोनाले स्वतन्त्र प्यानलको अध्यक्षता गर्ने र तीन युरोपेली अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्ने संयुक्त राष्टसंघले विज्ञप्तिमार्फत घोषणा गरेको अल जजिराले जनाएको छ ।
एजेन्सीले तटस्थता सुनिश्चित गरी आरोपहरूको जवाफ दिन आवाश्यक कार्य गरिरहेको छ कि छैन भन्ने मूल्यांकन गर्नु अनुसन्धानको घोषित उद्देश्य रहने बताइएको छ ।
अल जजिराका अनुसार प्यानलको प्रतिवेदनमा एजेन्सीको प्रणालीको सम्भावित सुधार र सुदृढीकरणका लागि अन्तरिम प्रतिवेदनका लागि मार्चको अन्त्यमा र अन्तिम प्रतिवेदनका लागि अप्रिलको अन्त्यमा सिफारिसहरू समावेश गरिने गुटेरेसले बताउनुभयो ।
यो मूल्यांकन संयुक्त राष्ट्रसंघको आन्तरिक अनुसन्धानसँग सम्बन्धित छैन । जुन गत महिना १२ जना युएनआरडब्लुए कर्मचारीविरुद्धको प्रारम्भिक आरोपपछि सुरु गरिएको थियो । अक्टोबर ७ पहिलो आक्रमणपछि सुरु भएको इजरायल र हमासबीचको युद्ध करिब १२ सय इजरायली मारिए र करिब दुई सय ५० जना बन्धक बनाइएका छन् । रासस/एएनआई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच