सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा बयानका लागि सिंहदरबारमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सुन तस्करी प्रकरणमा नाम जोडिनु भएको माओवादी नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महरा बयानका लागि सिंहदरबार पुग्नु भएको छ ।

छानबिन समितिले बोलाएपछि उहाँ बयानका लागि पुग्नुभएको हो । इलेक्ट्रिक चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको आरोपमा महराका छोरा राहुल महरा पुर्पक्षका लागि थुनामा छन् ।

सरकारी वकिलको कार्यालयले राहुलसँगै बेल्जियन नागरिक ३९ वर्षीय दावा छिरिङ, सर्लाही घर भई काठमाडौंको नागार्जुन नगरपालिका- ४, सितापाइला बस्ने ३९ वर्षीय लोकेन्द्रकुमार पौडेल र काठमाडौं महानगरपालिका-६, बौद्धका ५७ वर्षीय निमा गुरुङविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा दायर गरिएका निमा भने अझै फरार छन् ।

यही प्रकरणमा कृष्णबहादुर महराको नाम पनि जोडिएको छ । महरालाई भने बयान कागज गराएर छाडिएको थियो । त्यसबेला सीआईबीसँग उहाँले ती चिनियाँ नागरिकसँग फलफूल व्यवसायीका रुपमा मात्र चिनजान भएको बताउनु भएको थियो।

अघिल्लो १० पुसमा फ्लाइ दुबईबाट काठमाडौं आएका चिनियाँ नागरिक ली हाङसनले ल्याएको ७३० वटा भेपभित्र ९ किलो सुन बरामद भएको थियो ।

यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वसभामुख महराको बयान पनि लिएको थियो । तर, सीआईबीले पूर्वसभामुख महरालाई भने प्रतिवादी नबनाई सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?