काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) र साना तथा मझौला जर्मन व्यावसायिक संघ (बिभिएमडब्लु) बीच दुर्ई द्विपक्षीय व्यावसायिक सम्बन्ध एवं सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सहकार्यले नवप्रवर्तन, उद्यमशीलता प्रवद्र्धन र विकासका लागि नयाँ बाटो खोल्ने विश्वास गरिएको छ ।
समझदारीपत्रमा सिएनआई अध्यक्ष राजेशकुमार अग्रवाल र बिभिएमडब्लुका नेपाल प्रतिनिधि शुभाशिष थपलियाले हस्ताक्षर गर्नुभएको हो । सिएनआई अध्यक्ष अग्रवालले सहकार्यले नेपाल र जर्मनका साना तथा मझौला उद्योगबीचको सम्बन्ध बलियो बनाउन सहयोग गर्ने बताउनुभयो । नेपाल र जर्मन एसएमइजबीचको सहकार्यले दुवै राष्ट्रको विकासमा टेवा पु¥याउने र समृद्धितर्फ डोर्याउने उहाँको भनाइ थियो ।
नेपालस्थित जर्मन राजदूत डा. थोमस प्रिन्जले दुई संस्थाबीचको सहकार्यले व्यावसायिक तथा लगानी अवसरलाई सहजीकरण गर्न भूमिका खेल्नुका साथै दुवै देशका साना तथा मझौला उद्योगबीचको सहकार्यलाई बढावा दिन र सीमापार व्यापार सहज गर्नसमेत योगदान गर्ने बताउनुभयो । बिभिएमडब्लुका नेपाल प्रतिनिधि थपलियाले समझदारीको उद्देश्य व्यावसायिक सम्बन्ध अभिवृद्धि गर्ने, लगानी आकर्षित गर्ने र दुवै देशका लागि हित हुने संयुक्त उद्यमका अवसर खोज्ने रहेको बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच