केन्द्रीय कमिटी १५१ सदस्यीय बनाउनेगरी छलफल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्नेमा जोड दिएका छन् ।

शुक्रवार पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै माओवादी केन्द्रका नेताहरुले संविधानमा नै समाजवादउन्मुख राज्यव्यवस्थाको उल्लेख गरिएको भन्दै पार्टीको विधानमा पनि समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्ने धारणा राखेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको विधान समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित हुनेगरी बनाउनुपर्नेमा नेताहरुले जोड दिएका बताउनु भयो । त्यस्तै, केन्द्रिय कमिटी १५१ सदस्यीय बनाउनेगरी छलफल भएको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘छलफलको सारमा के छ भन्दाखेरी जसरी हाम्रो संविधानमा प्रस्तावनामा लोकतन्त्रमा आधारित समाजवाद भनेको छ र प्रारम्भमा समाजवाद उन्मुख राज्यव्यवस्था भनेको छ, त्यसैगरी हाम्रो विधानमा पनि समाजवादउन्मुख राज्य व्यवस्था भनेर संविधानमा जसरी उल्लेख गरेको छ, विधानमा पनि समाजवादी मूल्य, मान्यता, आदर्श स्थापित हुनेगरी, समाजवादी विचारधारा अभिव्यक्त हुनेगरी लेख्नुपर्छ भन्ने छ । अर्को, छलफलको महत्वपूर्ण विषय के छ भने हाम्रो कमिटीहरु ठूला छ ति कमिटीहरु चुस्त, दुरुस्त हुनुपर्छ भनिएको छ भनिएको छ । केन्द्रिय समिति १५१ को हुनुपर्छ भन्ने सामान्य छलफल चलिरहेको छ । फेरि यि सबै कुराको अन्तिम निष्कर्ष त विधान सम्मेलनमै गएर हुन्छ । आज सैद्धान्तिक, नीतिगत छलफल बढी भयो । अध्यक्षले अरु सबै सुझावहरु लिखित रुपमा दिनुहोला भन्नुभएको छ । भोलि दिनभरी स्थायी समिति बैठक चल्छ ।’

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले विधान अधिवेशन, विधान र केन्द्रिय कमिटी बैठकको व्यवस्थापनको सम्बन्धमा ब्रिफिङ गर्नुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । त्यस्तै, शान्ति प्रक्रियालाई टुंग्याउनका लागि दलहरुका बीचमा घनिभुत रुपमा छलफल भइरहेको पनि अध्यक्ष दाहालले बताएको उहाँको भनाई छ । शुक्रवारको बैठकमा विधान मस्यौदा कार्यदलको संयोजक उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र वर्षमान पुनले आफ्नो भनाइ राख्नुभएको उहाँले जानकारी दिनुभयो । त्यस्तै सचिवहरु गणेश साह र राम कार्की तथा स्थायी कमिटी सदस्य शशी श्रेष्ठले पनि बैठकमा धारणा राख्नुभएको उहाँले बताउनु भयो ।

बैठक शनिवार (भोलि) पनि बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?