काठमाडौं । आज विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइँदैछ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारलाई नयाँ वर्षका रूपमा मनाउँछन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ ।
तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ भने देशका अन्य भागमा पनि ल्होसार मनाइने गरिन्छ । तामाङ समुदायमा इष्ट देवता मञ्जुश्रीले पञ्चशीर्ष डाँडामा बसेर ८४ हजार धर्मतिर्सना गरेको ऐतिहासिक दिनलाई सोनाम ल्होसारको नामबाट मनाउने गरिन्छ ।
सोनाम ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले आज बृहत् तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको छ । महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
सोनाम ल्होसारलाई नयाँ वर्षका रूपमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले यो पर्व मनाउने गर्छन् । जाति नै पिच्छे फरक-फरक समयमा ल्सोछार मनाउने चलन छ । ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्सोसारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।
सोनाम ल्होसारका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्टपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरूले शुभकामना सन्देश दिनुभएको छ । उहाँहरूले ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायलाई सुख, शान्ति, समृद्धि, एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच