बुटवल उपमहानगरपालिकाले ६५औं स्थापना दिवस मनाउँदै

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । बुटवल-बुटवल उपमहानगरपालिकाले स्थापनाको ६५औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदैछ ।

जसअन्तर्गत अन्तरविद्यालय स्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता बिहीबार शुरु भएको छ भने अन्तरविद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता फागुन १ र २ गते हुँदैछ।

यस्तै शुक्रबार बुटवल उपमहानगरपालिकाको आयोजना र नगरपालिका कर्मचारी एशोशिएसन बुटवल इकाइको व्यवस्थापनमा रक्तदान कार्यक्रम भएको छ ।

शुक्रबार नै बुटवल उपमहानगरपालिकाबाट सेवानिवृत्त भएका कर्मचारीहरुलाई सम्मान गरिएको छ ।

सो कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले कर्मचारीको भूमिकाले नगरको उन्नति प्रगतिमा महत्व राख्ने बताउँदै सकारात्मक भूमिका निर्वाहका लागि आग्रह गर्नु भयो ।

उहाँले नगरको विकास र समृद्धिमा पूर्व कर्मचारीको रुपमा सकारात्मक भावना र सकारात्मक सहयोगको अपेक्षा रहने बताउनु भयो । उहाँले जनप्रतिनिधि र कर्मचारीबीचको तालमेलबिना नगरको विकास हुन नसक्ने बताउँदै त्यसतर्फ गम्भीर बन्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य र समन्वयले मात्रै नगरको विकास गर्न सम्भव भएकाले सोहीअनुसार प्रतिबद्ध रहन कर्मचारीहरुलाई आग्रह गर्नु भयो । उहाँले कर्मचारीहरुले प्रतिबद्ध भएर काम गरेमा नगरको विकास सहज तरिकाले हुने बताउनु भयो ।

कार्यक्रममा पूर्व कर्मचारीहरु हरिप्रसाद अर्याल, विष्णुप्रसाद खनाल, रामप्रसाद अर्याल, नरेन्द्र बस्नेत, नगरपालिका कर्मचारी एशोशिएसनका सितुप्रसाद श्रेष्ठ, अनिल माण्डव्य, रेश्मीराज घिमिरेलगायतले बोल्दै जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय र सहकार्य सधै अपरिहार्य रहने बताउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?