काठमाडौं । डेलसन्स एसोसिएट्स युएईले नेपालमा पनि सेवा सुरू गरेको छ । संयुक्त अरब इमिरेट्सको डेलसन्स एसोसिएट्सले दक्षिण एसियाका वाणिज्य बैंकलाई स्थानीय र अन्तर्राष्ट्रिय वित्तीय कानुन कार्यान्वयनमा सहजीकरण गर्न नेपालमा सेवा सञ्चालनमा ल्याएको जनाएको छ । शुक्रबार काठमाडौंम आयोजित कार्यक्रममा डेलसन्सले नेपालका बैंक तथा वित्तीय संस्थालगायत अन्य सरोकारवालासँग सेवा उपलब्ध गराउने सम्झौता गरेको हो ।
सो अवसरमा डेलसन्सले नेपालमा फ्रिल्यान्सर संघ स्थापना गर्न नेपाल इन्टरनेट फाउण्डेसनसँग पनि सम्झौता गरेको छ । नेपाल र मध्यपूर्वमा डिजिटल फ्रिल्यान्सरका लागि इकोसिस्टम र रेमिट्यान्स च्यानल प्रवद्र्धन गर्न सघाउने कम्पनीले जनाएको छ । डेलसन्स युएईका अध्यक्ष इब्राहिम अमिनले विश्वव्यापी वित्तीय प्रणालीअन्तर्गतका नियम तथा कानुनको कम्प्लायन्स सिस्टम बलियो बनाउन नेपालमा सेवा विस्तार गरिएको बताउनुभयो ।
नेपाल इन्टरनेट फाउण्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले अर्थतन्त्रको द्रुत विकासका लागि इन्टरनेट अपरिहार्य रहेको भन्दै नेपालमा डिजिटल वित्तीय प्रणाली अति आवश्यक रहेको बताउनुभयो । डेलसन्स युएईका सिइओ तुफैल अहमद खानले डेलसन्सको वित्तीय विज्ञताले नेपालको दिगो र फ्रिल्यान्सिङ ल्याण्डस्केप विकासमा टेवा पुग्ने बताउनुभएको थियोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच