काठमाडौं । ग्लोबल स्टुडेन्ट्स इन्टरप्रेनर अवार्ड्स (जिएसइए) को फाइनल काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममार्फत् देशभरबाट १४ जना विद्यार्थी उद्यमी छानिएकोमा छजना फाइनलमा पुगेका थिए । फाइलनलमा अञ्जना मल्ल सहसंस्थापक तथा सिइओ-दिगो नेपाल, तिलकप्रसाद धिताल चिफ फाइनान्सियल अफिसर-मेरो शिक्षा, प्रलिशा अधिकारी संस्थापक-टावर्गानिक्स नेपाल, विवेक ढकाल सहसंस्थापक तथा सिइओ-कलेज टिफिन, नवीन तिमल्सिना, संस्थापक तथा सिइओ-मास्टर साब र अर्जुन घिमिरे संस्थापक-ड्लुप्लोड पुगेका थिए ।
मेरो शिक्षाका चिफ फाइनान्सियल अफिसर तिलकप्रसाद धिताल राष्ट्रिय विजेता घोषित हुनुभएको छ भने रनरअप मास्टर साबका संस्थापक तथा सिइओ नवीन तिमल्सिना, फस्र्ट रनर अपमा ड्लुप्लोडका संस्थापक अर्जुन घिमिरे रहेका छन् । विजेताले क्रमशः एक लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको सेमिफाइनल शुभश्री कलेज अफ म्यानेजमेन्टले होस्ट गरेको थियो ।
कार्यक्रममा ग्लोबल स्टुडेन्ट्स इन्टरप्रेनर अवार्ड्स (जिएसइए) २०२३-२४ का अध्यक्ष तथा डिभी ग्रुप अफ कम्पनिजका म्यानेजिङ डाइरेक्टर तरुणप्रताप शाहले विजेताहरूलाई बधाई दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच