काठमाडौं । नेपाली फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले फ्रान्समा आफ्नो फुटबल यात्राको विजयी सुरुवात गर्नुभएको छ । उहाँ सम्मिलित एन अभान्ट ग्वेंगाम्पले फ्रान्सको शीर्ष डिभिजन ‘डी’ एर्केमाअन्तर्गत खेलमा फ्लुरी ९१ लाई पराजित गरेको छ । घरेलु मैदानमा ग्वेंगाम्पले ३-१ को जित दर्ता गरेको हो ।
सावित्रासमेत खेल्नुभएको उक्त खेलको पहिलो हाफमा १-० को अग्रता लिएको टोलीले दोस्रो हाफमा २ गोल थप्यो । अन्त्यतिर एक गोल खाए पनि ग्वेंगाम्प सिजनको तेस्रो जित दर्ता गर्न सफल रहृयो । पहिलो हाफको ४५औँ मिनेटमा सराह काम्बोतले फ्रिकिकमा सिधै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाउनुभयो । दोस्रो हाफको सुरुवातमै एन्टोइन स्टारोभाले पेनाल्टीमा गोल गर्दै २-० को अग्रता दिलाउनुभयो ।
७३औँ मिनेटमा एलिसन पेनिगुएलले क्रसमा आएको बललाई पोस्टको दिशा दिँदा टोली ३-० ले अघि बढ्यो । टोलीको फराकिलो अग्रता भएपछि सावित्राले मैदान छिर्ने अवसर पाउनुभएको थियो । ८८औँ मिनेटमा फ्लुरीकी एरिन फोन्टेनले सान्त्वना गोल फर्काउनुभयो ।
यस जितसँगै दशौँ स्थानमा रहेको ग्वेंगाम्पको १४ खेलमा १२ अंक भएको छ । नवौँ स्थानको डिजोनले १५ खेलमा १३ अंक जोड्दा रेलिगेसन क्षेत्रको लिलको १५ खेलमा आठ र बोर्डोको १४ खेलमा ६ अंक छ । ग्वेंगाम्पले अब अर्को शनिबार हुने खेलमा पेरिस सेन्ट जर्मेनको सामना गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच