क्यानडाविरुद्ध अनिलको आज पनि अर्धशतक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालका ओपनर अनिलकुमार शाहले क्यानडासँगको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा पनि अर्धशतक पूरा गरेका छन् ।

अनिलले ५१ बलमा ८ चौका मद्धतमा अर्धशतक पूरा गरे।

ओडिआईमा अनिलको लगातार दोस्रो अर्धशतक हो।

यस अघिको खेलमा पनि उनले अर्धशतक प्रहार गरेका थिए । १९ बलमा उनले अर्धशतक पूरा गरेका थिए । जारी खेलमा नेपालले १६ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ८८ रन पूरा गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तेस्रो तथा अन्तिम खेलमा नेपालले जितका लागि दुई सय ३३ रनको लक्ष्य पाएको छ ।
नेपालले यसअघि भएको दुवै खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपालले क्यानडालाई हराउँदै उक्त सिरिजको क्लिन स्वीप गर्ने लक्ष्यका साथ खेल्दैँछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?