नवलपरासीमा हजुरबुवा र नाती मृत फेला

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । नवलपरासीमा हजुर बुवा र नाति एकै ठाउँमा मृत अवस्थामा फेला परेका छ्न । सुस्ता गाउँपालिका वडा नम्बर ३ मर्चहवा बस्ने ६५ बर्षका यक्षलाल चमार र निजको नाति बर्ष ११ को गौचरण चमार आफू बस्दै आएको घर नजिकै मृत अवस्थामा फेला परेका हुन् ।

नारायणी नदिको ५ नम्बर ठोकर देखि ५ सय मिटरको दुरिमा बिगत ४र५ बर्षदेखी उनिहरु कच्ची छाप्रोमा बसोबास गरी खेतिपाती गर्दै आईरहेका थिए । उनका छोरा बुहारी दुई नाति र एक नातिनी रहेकोमा मृतक नातिलाई हजुरबुवा सगै छोडेर बुहारी एक डेड महिना देखि आफ्नो माईती भारत गएको बताईएको छ । मृतक यक्षलालका छोरा रोजगारीको शिलशिलामा घर बाहिर गएपछि बुहारी माईत गएकी थिईन ।

आज बिहान करिब ६ बजेको समयमा स्थानियले नाति र हजुरबुवा दुबैलाई मृतअवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।

अहिले घटना स्थलमा प्रहरीले तालिमप्राप्त कुकुरसमेत परिचालन गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय नवलपरासीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । घटना शङ्कास्पद देखिएको प्रहरीको भनाई छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?