काेही चित्तबुझ्दो तर्कसहित आउनुहुन्छ भने मलाई नेतृत्वमा बसिरहने रहर छैन : अध्यक्ष प्रचण्ड

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू पार्टी नेतृत्वमा नबस्ने मनस्थितिमा पुगेको बताउनु भएको छ ।

मंगलबारदेखि सुरू भएको माओवादी केन्द्रको २९औं विधान सम्मेलनको उद्घाटपछि शुभकामना दिँदै अध्यक्ष दाहालले पार्टी नेतृत्वमा कोही तयार भए आफूले पद छोडिदिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘तपाईँहरु चित्तबुझ्दो तर्कसहित आउनुहुन्छ भने मलाई नेतृत्वमा बसिरहने रहर छैन।’

उहाँले माओवादीलाई पछिल्लो समय हेप्ने काम भएको भन्दै सबै माओवादी घटकहरुबीच एकताको आवश्यकत्ता औंल्याउनु भयो। उहाँले भन्नुभयो,‘यत्रो परिवर्तनको नेतृत्व गरेको शक्ति हो–माओवादी । अहिले प्रतिक्रियावादी शक्तिहरु सलबलाएका छन् । उनीहरुले हाम्रो शक्ति र संघर्षलाई स्खलित गर्न कुचेष्टा गरेका छन् । ती सबै कुचेष्टाहरुलाई परास्त गर्न एकतावद्ध हुनुपर्छ ।’

जनयुद्ध नेपालको इतिहासको दूरगामी महत्त्वको रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरु अगाडि बढेको र सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?