काठमाडौं । विश्व वरीयता जी-२ २०२४ युएस ओपन तेक्वान्दो प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक राजु क्षेत्रीले निर्णायकको भूमिका निर्वाह गर्नुहुने भएको छ । अमेरिकाको रेनोको सिल्भर लिगेसी रिसोर्टमा फेब्रुवरी १६ देखि १८ सम्म हुने प्रतियोगिता विश्व तेक्वान्दोको आयोजना तथा युएसए तेक्वान्दो र युएसए ओलम्पिक कमिटिको संयोजनमा हुँदैछ । प्रतियोगितामा ओलम्पियन तथा विश्व च्याम्पियन खेलाडीसमेत गरी दुई हजार १४० खेलाडीको सहभागिता रहने बताइएको छ ।
यसअघि क्षेत्रीले दक्षिण कोरियामा भएको विश्व वरीयता (जी-१) किम योङ कप, अमेरिकाको लस भेगासमा भएको २०२३ युएस ओपन विश्व वरियता जी-२ र दक्षिण कोरियामा भएको २०२३ सियोङनाम ओपनमा पनि निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
एनआरएनए दक्षिण कोरियाका पूर्वअध्यक्षसमेत रहेका क्षेत्री कोरिया ओपन विश्व वरियता जी-२ अन्तर्राष्ट्रिय प्रतियोगिता २००८ का स्वर्ण पदक विजेता हुनुुहुन्छ । क्षेत्रीलाई खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याएबापत कोरियाली सरकारले सन् २०१३ मा मानार्थ नागरिकताले सम्मान गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच