धमाधम बढ्न थाले खेल गतिविधि : खेलाडीहरु उत्साहित

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । बागलुङ बजारको बाङ्गेचौर खेल मैदान र रसआवर फुटसल मैदान प्राय खेलाडीले भरिएकै देखिन्छ । दुई महिना यता मात्रै बागलुङमा एक दर्जन भन्दाबढी खेलकुद प्रतियोगिता सम्पन्न भइसकेका छन् । कोरोनाकालदेखि सुस्ताएको खेलकूद गतिविधिहरु चलायमान हुनथालेपछि नयाँ नयाँ खेलाडीहरुमा उत्साह छाएको छ । पछिल्लो समय जिल्लास्तरीय फुटवल प्रतियोगिताको बाक्लो आयोजना भइरहेको पाइन्छ जस्ले विद्यार्थी खेलाडीहरुमा उत्साह छाएको छ ।

खेलाडी उत्पादन गर्ने विद्यालयहरुसमेत प्रतियोगिता आयोजनाका लागि कस्सिएको पाइन्छ । पुसबाट राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना भएदेखि हाल सम्म दजनौं खेलकूद प्रतियोगिता भइरहेको पाइन्छ । खेलकुद गतिविधि बढ्न थालेपछि संभावना भएर समेत उजागर गर्न नपाएका विद्यार्थी खेलाडीलाई उत्साह मिलेको छ ।

बागलुङको पुरानो सामुदायिक विद्यालय विद्यामन्दिर माध्यामिक विद्यालयको कक्षा १२ मा अध्यनरत विद्यार्थी खेलाडी इसाक नेपाली पछिल्लो समय अध्ययन संगै फुटवलखेललाई अगाढी बढाइराख्नुभएको छ । नेपालीले अन्तरविद्यालय स्तरीय फुटवल प्रतियोगिताले हामी जस्ता खेलाडीलाई उत्साह मिलेको बताउनुहुन्छ । सामुदायिक विद्यालयले समेत खेल शिक्षक छनौट मात्रै गरेको छैन अब्बल रहेका नीजि विद्यालय संग प्रतिस्पर्धा गर्न सफल भइरहेको नेपालीको भनाई छ ।

“विद्यालयबाट र दुई वटा स्थानीय क्लब बाट फुटवल खेल्दै आएको छु, पछिल्लो समय बागलुङमा खेलकुदका गतिविधिहरु बढ्दै गइरहेको हामीले पाएका छौं, जस्कारण सामुदायिक विद्यालयहरुको समेत प्रतियोगितामा सक्रिय सहभागी देखिन थालेको छ” फुटवल खेलाडी नेपालीले भन्नुभयो “बागलुङ बजारमा अहिले फुटवल र फुटसलको राम्रो खेल भइरहेको छ, अन्तर विद्यालय स्तरीय प्रतियोगितानै आधा लाखको पुरस्कार दिन थालियो, हामी जस्ता खेलाडीलाई खेलकुद गतिविधिले प्रोत्साहन गरेको छ ।”

नीजि विद्यालयले मात्रै खेलकुद गतिविधिमा भाग लिने परिपाटीको अन्त्य गर्दै पछिल्लो समय बागलुङ बजारको विद्यामन्दिर माध्यामिक विद्यालय, रुद्रेपिपल माध्यामिक विद्यालयसंगै गाउँका विद्यालयहरुले समेत जिल्लास्तरीय प्रतियोगितामा प्रतिस्प्रर्धा गर्न आउनुलाई फुटवल खेलका लागि सुखद् मान्न सकिने फुटवल खेलाडीहरु बताउछन् ।

जिल्लामा सबैभन्दा बढी आयोजना हुँने फुटवल प्रतियोगिताले बाङ्गेचौर खेल मैदानमा राम्रै दर्शकहरु पाउदै आएको छ । माघ १९ देखि २२ सम्म चलेको प्रेस चौतारी कपले जिल्लामा फुटवल प्रतियोगितामा एकैसाथ १५ हजार भन्दा बढी दर्शक उतार्न सफल भएको थियो । उक्त प्रतियोगितामा एक दर्जन भन्दा बढी खेलाडीले विद्यागत पुरस्कार पाउदा खेलाडीमा उत्साह भरिएको देख्न सकिन्थ्यो ।

बागलुङ जिल्लाबाट ए डिभिजन लिग खेल्न सफल फुटवल खेलाडी आशिष केसीले खेलाडी उत्पादन गर्ने विद्यालयमै खेलकुद गतिविधि बढाउन आवश्यक रहेको बताउनुहुन्छ । उहाँले पछिल्लो समय बागलुङ बजारका सामुदायिक र संस्थागत विद्यालयले आयोजना गर्ने फुटवल प्रतियोगिताले खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।

“विद्यालयबाटै खेलाडी उत्पादन गर्न सकेमा राष्ट्रिय स्तर सम्म पुग्न सकिन्छ, विद्यार्थीहरुलाई खेल प्रशिक्षणले मात्रै पुग्दैन प्रतियोगितामा प्रतिस्प्रर्धाले खेलाडीमा निखारता ल्याउछ, उपाधी जित्ने खेलाडी खेल क्षेत्रमा उत्साहपूर्ण ढंगले अघि बढ्छ” केसीले भन्नुभयो “पछिल्लो समय विद्यालयले फुटवल र भलिवल क्षेत्रमा चासो दिएको पाइन्छ, कतिपय विद्यालयमा खेलकूद शिक्षक नै राखेको पाएका छौं, खेल क्षेत्रमा राम्रो संभावना भएका विद्यार्थीहरुलाई पछिल्लो समय बढेका खेलकूद गतिविधले निखारता ल्याउन मद्दत पुग्नेछ ।”

खेल पूर्वाधारको अभावका बीच निरन्तर आयोजना भइरहेका फुटवल प्रतियोगिताले राम्रा खेलाडी उत्पादन गरेर बागलुङको नाम चिनाउन सहयोग पुग्ने जिल्ला फुटवल संघका कोषाध्यक्ष सुर्य लामिछानेले बताउनुभयो । माघ लागेसंगै बाङ्गेचौर खेल मैदानमा मात्रै आधा दर्जन भन्दा बढी फुटवल प्रतियोगिता आयोजना भइसकेका छन् । बागलुङको गुठीमा रहेको रसआवर फुटसल मैदानमा दैनिकजसो प्रतियोगिता भइरहने गरेको छ ।

जिल्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, बागलुङ युनिटी सेभेनएसाइड खेल प्रतियोगिता, अन्तर विद्यालय फुटवल, सर्वाधिक पुरस्कारको प्रेस चौतारी कप प्रतियोगिता सम्पन्न भइसकेक छन् । यस्तै रसआवर फुटसल मैदानमा गुरास कप, एभेरेष्ट कप फुटसल प्रतियोगिता सम्पन्न भइसकेका छन् भने अहिले जिल्ला सदरमुकाम बागलुङ बजारमा फ्युचर कप चलिरहेको छ ।

फागुन महिनामा समेत तीन वटा फुटवल प्रतियोगिता बाङ्गेचौर खेल मैदानमा आयोजना गर्न थालिएको छ । आदर्श विद्यामिन्दर विद्यालयका फुटवल खेलाडी सोहम सुनारले स्थानीय निकायले खलकूदको क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले खेल क्षेत्रको विकासका लागि पूर्वाधार, प्रशिक्षण निरन्तर प्रतियोगिता आयोजना हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?