तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउने

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस डाक्टर पढाउने भएको छ । हिउँदे गाउँसभाको १४ औं अधिवेशनले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति सम्बन्धी कार्यविधि पारित गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

कार्यविधि पारित गरेसँगै गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउने काम अगाडि बढेको छ । चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा उत्तीर्णलाई पालिकाभित्र बसोवास गर्ने एक जना जेहेन्दार विद्यार्थीलाई एमबीबीएस अध्ययन छात्रवृत्ति उपलब्ध गरिने गाउँपालिका अध्यक्ष चौलागाईको भनाइ छ ।

एमबीबीएस अध्ययन गर्नका लागि जम्मा खर्चको ५० प्रतिशत गाउँपालिकाले छात्रवृत्ति प्रदान गर्ने छ । छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि कार्यविधिमा कोषको व्यवस्थापनसमेत गरिएको छ । चालु आर्थिक वर्षमा पालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । राजपत्रमा प्रकाशित भएपछि कार्यविधि लागु हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताउनुभयो । छात्रवृत्ति यसै चालु आर्थिक वर्षमै संचालनमा ल्याउने तयारी गरिएको छ । गाउँपालिका अध्यक्ष संयोजकत्वमा ९ सदस्यीय एमबीबीएस अध्ययन छात्रवृत्ति व्यवस्थापन समिति हुने कार्यविधिमा उल्लेख गरिएको छ ।

सदस्यमा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समिति संयोजक, प्रधानाध्यापकबाट एक जना, शिक्षाविद् एक जना महिलासहित तीन जना र शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सदस्य सचिव रहने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कठायतले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?