
भोजपुर । भोजपुरका नौ स्थानीय तहहरु मध्ये चार पालिकामा आन्तरिक नियन्त्रण प्रणाली सम्वन्धी कार्यशाला थालिएको छ । जिल्लाको रामप्रसाद राई गाउँपालिकाबाट कार्यशाला थालिएको हो ।
स्थानीय पालिकाहरुको मागको आधारमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान झापा अन्तर्गत प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी) को आयोजनामा कार्यशाला थालिएको हो । यो कार्यशाला रामप्रसाद राई गाउँपालिकासँगै जिल्लाको अरुण गाउँपालिका, षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकामा संचालन हुने छ ।
गाउँपालिकाहरुको आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी निर्देशिका तर्जुका लागि सहजीकरण गर्न यो कार्यशाला थालिएको सहजकर्ता घमचन्द्र दाहालले जानकारी दिनुभयो । रामप्रसाद राई गाउँपालिकामा ३४ जनाको सहभागितामा कार्यशाला गरिएको हो । कार्यशालामा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत, शाखाका प्रमुखहरु र वडा कार्यालयका सचिवहरुको सहभागीता रहेको थियो ।
कार्यशालामा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा २ को अधीनमा रही आन्तरिक नियन्त्रण प्रणालीको अर्थ, महत्व, परिभाषा, आवश्यकता, प्रक्रिया, आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धीको कोशो मोडेलका बिषयमा छलफल गरी साझा अवधारणा तयार गरिने छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तर्जुमा गरेको स्थानीय तहको आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा दिग्दर्शन २०७८ र यसको अनुसुची २ बमोजिम दफावार छलफल सहभागीतामुलक विधिको अबलम्बन गरी सहजीकरण गरिएको थियो ।
तीन दिनको सहजीकरण पश्चात रामप्रसाद राई गाउँपालिका भोजपुरको आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धीको दिग्दर्शन मस्यौदा तयार गरी गाउँपालिकाका अध्यक्ष थाम बहादुर राईलाई दस्तावेज हस्तान्तरण समेत गरिएको छ । कार्यशालाको सहजीकरण विज्ञद्धय हरिप्रसाद गौतम र घमचन्द्र दाहाल गर्नु भएको थियो भने समग्र समन्वयको कार्य प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान झापा अन्तर्गत प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी) का क्षमता विकास विज्ञ कर्णबहादुर नेपालीले गर्नु भएको थियो ।
यो कार्यशाला बाँकी रहेका जिल्लाका अन्य तीन पालिकाहरुमा पनि सुरु गरिने प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी) ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच