हुम्लामा खाद्यान्न पर्याप्त, १३ गतेदेखि बिक्री तथा वितरण हुने

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 4 mins

हुम्ला । सधै खाद्यान्न अभाव झेलीरहेको हिमाली जिल्ला हुम्लामा यो पटक भने पर्याप्त मात्रमा खाद्यान्न रहेको छ । कहिले ठेक्का सम्झौता ढिला हुँदा त कहिले ठेकेदार कम्पनीको ढुवानी लापारबाहीका कारण जिल्लावासीले खाद्यान्न अभाव झेलिरहनु परेको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखाका प्रमुख कृष्ण अधिकारीका अनुसार, आर्थिक वर्ष २०८०/८१ लगि स्वीकृत भएको १४ हजार क्विन्टल चामल निरन्तर ढुवानी हुँदा खाद्यान्न अभाव हटेको बताउनुभयो ।

दैनिक दिन फिस्टेल हेलिकप्टरले चामल ढुवानी गरिरहँदा अभाव हटेको छ । लिमिटेड शाखा हुम्लामा रहेका दुई गोदाम मध्ये एक गोदाम भरिएको र अर्को गोदाम केही दिनमा भरिने अवस्थामा रहेको उहाँले बताउनुभयो । अहिले लिमिटेड शाखामा ६ हजार २ सय क्विन्टल चामल रहेको अधिकारीले बताउनुभयो । गोदाम नम्बर दुई भरिएर झण्डै ४४ सय क्विन्टल चामल रहेको लिमिटेड शाखा प्रमुख अधिकारीको भनाई छ । खाद्यान्न निरन्तर ढुवानी भइरहेका कारण वितरणमा समेत सहज भएको छ ।

खाद्यान्न पर्याप्त मात्रमा हुँदा फागुन १३ देखि सर्वसारधण, बजारवासी र कर्मचारीलाई दुई महिलाका दरले बिक्री तथा वितरण गरिने भएको छ । भैपरी आउने कार्य जन्म, मृत्यु र कैदीबन्दीलाई प्रत्येक हप्ताको शुक्रबार वितरण गरिरहेको उहाँले बताउनुभयो । गोदामा चामल पर्याप्त हुँदा घरमा चामल नभएर लिमिटेड शाखामा पुगेका हुम्ली नागरिकलाई एक कट्ठाका दरले बिक्री भइरहेको छ ।

जिल्लामा ढुवानी भइरहेको जिरा मसिनो चामलको एक बोराको रु २३७५ रुपैयाँ पर्ने गरेको छ । सरदमुकाममा रहेका सर्वसाधारण, बजारवासी र कर्मचारीलाई एक पटक बिक्री तथा वितरण गर्दा दुई हजार पाँच सय क्विन्ट आवश्यक पर्ने गरेको चालम पर्याप्त रहेको शाखा प्रमुख अधिकारीले बताउनुभयो ।

यस्तै लिमिटेड शाखाले राजनीतिक दललाई भन्दा यहाँका सोझा नागरिकलाई बढी प्राथमिकता दिएर बिक्री गर्ने उहाँको भनाई छ । जिल्लास्थित विभिन्न राजनीतिक दलका नेताले सधै चामलको लागि अग्रसर भएपनि अव दैनिक दिन शाखा कार्यालयको गोदाममा पुग्ने नागरिकलाई बिक्री, वितरण गरिने उहाँको भनाई थियो । नेताको चिटको भन्दा नागरिक आफै स्वयम् पुगेमा उनिहरुलाई वितरण गर्ने गरिरहेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?