ललितपुर । सत्तारुढ दल नेपाली काँग्रेसको महासमिति बैठक स्थलमा चहलपहल शुरु भएको छ ।
सोमवारबाट ललतिपुरको गोदावरीमा शुरु हुने बैठक फागुन १० गतेसम्म चल्नेछ । कार्यक्रमस्थलमा देशभरबाट महासमिति सदस्यहरु उपस्थित रहेका छन् । बैठकस्थलमा विभिन्न सामग्रीहरुको सजावट देख्न सकिन्छ ।
प्रवेशद्वारामा संस्थापक नेता विश्वेश्वरप्रसाद कोईराला र पार्टी सभापति शेरबहादुर देउवाको तस्बिर राखिएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे उद्घाटन गर्नुहुनेछ । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रश्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रश्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रश्ताव पेश गर्ने कार्यसूचि छ ।
त्यस्तै प्रवक्ता डा. प्रकाश शरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गरी समूहगत रूपमा छलफल हुनेछ ।
-न्युज एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच