
काठमाडौं । काठमाडौंमा सुरु भएको फिफ्टिन्स रग्वी च्याम्पियनसिपमा गोर्खाली रग्वी क्लब र एपिएफ क्लबले जित निकालेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगितामा गोर्खाली रग्वीले नेपाल पुलिस क्लब र एपिएफले साबिक विजेता आर्मीलाई हराएको हो ।
पहिलो खेलमा गोर्खालीले पुलिसलाई ५४-३ को स्कोरमा पराजित गर्यो । दोस्रो सेटमा पुलिस अंक जोड्न असफल रहृयो । दोस्रो खेलमा एपिएफले आर्मीलाई २९-१५ को स्कोरमा पराजित गरेको छ । पहिलो चरणको खेलमा जित निकाल्दै गोर्खाली र एपिएफले समान दुई अंक जोडेका छन् । लिग चरणमा हुने प्रतियोगिताका शीर्ष टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा गोर्खाली, आर्मी, पुलिस र एपिएफ गरी चार टिम सहभागी छन् । दोस्रो चरणको खेल बुधबार हुनेछ । प्रतियोगिताको विजेताले एक लाख रुपैयाँसहित रनिङ ट्रफी प्राप्त गर्नेछ । दोस्रो हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा खेलाडीले गर्ने प्रदर्शनका आधारमा फिफ्टिन्सको राष्ट्रिय रग्वी टिम निर्माण गर्ने नेपाल रग्वी संघका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच