चलचित्र कार्याशाला सम्पन्न

हिमालय टाइम्स
Read Time = 2 mins

झापा । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्डको विशेष सहयोगमा श्रीभा सञ्चार प्रा.लि.र जनचेतना नेपालले झापा जिल्लाको बिर्तामोडमा ‘नेपाली चलचित्रमा पर्या-पर्यटन तथा युवाहरूको भूमिका सम्बन्धी, एकदिने चलचित्र कार्यशाला-२०८०’ सम्पन्न भएको छ । चलचित्र क्षेत्रसँग सम्बन्धित ८० जना युवाहरूको सहभागितामा कार्यशाला सम्पन्न भएको हो ।

कार्यक्रम श्रीभा सञ्चारका प्रबन्धक निर्देशक गोविन्द कार्कीको सभापतित्वमा भएको कार्यक्रममा जनचेतना नेपालका केन्द्रीय अध्यक्ष बालकृष्ण निरौला प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमा वरिष्ठ चलचित्र निर्देशक निर्माता, चिरञ्जीवी बस्नेत, लेखक निर्देशक विश्वमणि घिमिरे, समाजसेवी शेरबहादुर थापा, साना किसान विकास बैंकका इलाका प्रमुख शुभाष गौतम, चन्द्र सूर्य युवा कल्बका अध्यक्ष मेदनी घिमिरे, युवा आवाजका अध्यक्ष सेवन्त पोखरेल, जनचेतना नेपालका कोशी प्रदेश संयोजक, खेमराज अधिकारीलगायत व्यक्तित्वको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?