काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकस्थलमा हिन्दुराष्ट्रका लागि हस्ताक्षर अभियान चलाइएको छ ।
कांग्रेस सांसद शंकर भण्डारीसहितका २२ जना नेताहरुले उक्त अभियान सुरु गर्नुभएको हो । हिन्दुराष्ट्रको पक्षमा महासमिति बैठकस्थल बाहिर हस्ताक्षर अभियानमा यति बेला अन्य नेतादेखि महासमिति सदस्यहरु खुल्ने क्रम जारी छ ।
सो अभियानको पक्षमा अहिलेसम्म ३१ जना केन्द्रीय सदस्य र ६ सय जनाभन्दा बढी महासमिति सदस्यहरुले हस्ताक्षर गरेका छन् ।
हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर गर्नेहरुमा नेता शशांक कोईराला, पूर्व सभामुख तारानाथ रानाभाटलगायत हुनुहुन्छ ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमै २२ जना नेताहरुले पार्टीलाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको पक्षमा उभ्याउन विशेष पुरक प्रस्ताव पेश गरिसक्नुभएको छ ।
हस्ताक्षर गर्नेमा केन्द्रीय सदस्य भण्डारी, दिलेन्द्र बडू, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, रंगमती शाही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, सीताकुमारी, शारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव हुनुहुन्छ । यस्तै, केन्द्रीय सदस्य नृपबहादुर बड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव र डा।डिला संग्रौलाले पनि हिन्दू धर्मको पक्षमा हस्ताक्षर गर्नुभएको छ । त्यस्तै, कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पनि धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू धर्मको पक्षमा हस्ताक्षर गर्नुभएको छ । ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दू धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्नेगरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिएको प्रस्तावमा उल्लेख छ ।
यसअघि, पार्टीको १३औँ महाधिवेशनपछि काठमाडौंमा आयोजना भएको पार्टीको महासमिति बैठकमा पनि साढे चार सय जनाभन्दा बढी महासमिति सदस्यहरूले हस्ताक्षरसहित हिन्दूराष्ट्र घोषणाको मागसहित प्रस्ताव लगेका थिए ।
कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको अगुवाइमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानले घोषणापत्र सार्वजनिक गरेको थियाे । शनिबार बानेश्वरमा आयोजित एक कार्यक्रममार्फत संगठनले घोषणापत्र सार्वजनिक गरेको हो ।
भण्डारी नेतृत्वको सो संगठनले मुलुकमा हिन्दूराष्ट्र स्थापना गर्ने अभियान सञ्चालन गर्दै आएको छ । महाअभियानको औपचारिक रूपमा घोषणा भएको जानकारी दिँदै नेता भण्डारीले महाअभियानमा साथ दिनका लागि पार्टीका नेता, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिसहित सम्पूर्ण कार्यकर्ता र शुभेच्छुकहरूमा आहृवान समेत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच