बैतडी । बैतडीको दुदीलाखान–गाँजरी र बिन्द्राबन–वडा नम्बर १ को कार्यालय जोड्ने सडक अवरुद्ध गरिएको छ ।
सिगास गाउँपालिकाको १ र २ देखि गाउँपालिकाको केन्द्र गर्जे जोड्ने सडक निर्माण प्रक्रिया अघि बढाउनुपर्ने भन्दै गठन गरिएको संघर्ष समितिले पुनः सडक बन्द गरेको हो । मंगलबार बिहान ७ बजेदेखि पुर्ण रुपमा बन्द रहेको संघर्ष समितिले जनाएको छ ।
दुदीलाखान–गाँजरी–कुर्चेनेटा हुँदै पालिकाको केन्द्र गर्जे सडक निर्माणको बिषयमा सरोकारवाला निकायले कुनै ठोस चासो नदेखाएको सडक अवरुद्ध पारेको संघर्ष समितिका संयोजक पवन चन्दले बताउनुभयो ।
यसअघि उनीहरुले दुदिलाखान गाँजरी सडक अवरुद्ध पारेका थिए । पौष १६ गतेदेखि पौष २० गतेसम्म दुदिलाखान गाँजरी सडक अवरुद्ध पारेका थिए । आन्दोलनरत पक्ष र सम्बन्धित निकायका प्रमुख एवं प्रतिनिधिबीच सडक सुचारु गर्ने विषयमा सहमति भएको थियो ।
त्यसपछि जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र सिंह धामी, प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा, डिभिजन वन कार्यालयका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिले यही माघ १५ गते स्थलगत अनुगमन गरेको थियो । उक्त समितिले समेत ठोस निर्णय तथा प्रतिवेदन दिन नसकेको भन्दै दुवै सडक अवरुद्ध पारेको चन्दले बताउनुभयो ।
यता सिगास गाउँपालिकाको केन्द्र सम्म जोड्ने सडक निर्माणका बिषयमा प्राविधिक टोली बनाइएको र प्राविधिक टोलीको प्रतिवेदन आइनसकेको जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले बताउनुभयो । पूर्वाधार विकास कार्यालयका इन्जिनियरको संयोजकत्वमा बनाइएको प्राविधिक टोलीले स्थलगत अध्ययनपछि प्रतिवेदन बुझाउने उहाँको भनाई छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच