काठमाडौं । लघुवित्तपीडित र मिटरब्याजीपीडित न्याय खोज्दै हिँडेरै काठमाडौं आइपुगेका छन् । देशभरका लघुवित्त र मिटरब्याजीपीडित देशका विभिन्न स्थानबाट २२ दिनको पैदल यात्रा गर्दै मंगलबार काठमाडौं आइपुगेका हुन् ।
न्याय मार्च नाम दिएर उनीहरू पूर्वपश्चिम पैदल यात्रा गरेर काठमाडौं प्रवेश गरेका हुन् । माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा सुरु गरेका उनीहरू १७ दिन हिँडेर फागुन ३ गते नारायणगढमा भेला भएका थिए । मधेशका २० जिल्ला र अन्य आठ जिल्लाका पीडित मार्चमा संलग्न छन् । लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपालले माघ १६ गतेबाट पैदल यात्रा सुरु गरेको थियो ।
फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत उनीहरूका माग रहेका छन् । गत वर्षको चैतमा पनि मिटरब्याजीपीडित महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आएका थिए । चौतर्फी दबाबपछि सरकारले सम्झौता गर्दै समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । तर पनि समस्या समाधान हुन सकेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच